साझा नेटवर्क
विमल नेपाली,गुल्मी चैत्र १२।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले मुसिकोट नगरपालिका वडा नं. २ को वडा भेला देउरालीमा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला कमिटी गुल्मीका सचिव सोमनाथ सापकोटाले कार्यकर्ताहरुलाई निर्वाचन केन्द्रित भएर लाग्न आग्रह गर्नुभयो ।
सापकोटाले पहिलेको मुसिकोट राज्यको सम्पुर्ण भुभागलाई अहिलेको मुसिकोट नगरपालिकामा समावेश गर्न आफुहरुको प्रयास सफल नभएपनि मुसिकोट नगरपालिका भनि नामाकरण गर्नु नै महत्वपुर्ण उपलव्धी भएको बताउनुभयो ।देश नै एमालेमय भएको अवस्थामा लागि विभिन्न प्रलोभन देखाउदै आफ्ना समर्थकलाई भड्काउने दुष्प्रयास गरेकोले त्यस्ता गतिविधिबाट सजक रहन आग्रह गर्नुभयो ।
गुल्मीमा अधिकाश विकास योजनाहरु आफ्नो पार्टी एवम सांसद तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टको पहलमा भित्रिएको दावी समेत उहाँले गर्नुभयो ।त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले क्षेत्रीय उपसचिव प्रकाश काफ्लेले नेपालमा जति पनि आर्थिक समृद्धिका योजनाहरु केपि ओलि नेतृत्वको सरकारको कार्यकालमा आएको बताउनुभयो ।
भारतीय नाकाबन्दीको समयमा दृढताका साथ राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै छिमेकी देशसंग चिनसंगको सम्वन्धमा सुधार ल्याउदै देशलाई आर्थिक समृद्धिको दिशातर्फ डो¥याएको तर त्यो कुरा भारतलाई मन नपरेकोले सत्ता समिकरण नै परिवर्तनको चलखेल खेली प्रचण्ड नेतृत्वको सरकारको स्थापित गरेको बताउनुभयो ।कार्यक्रममा लक्ष्मण खत्रीको अध्यक्षतामा १५१ सदस्यीय निर्वाचन परिचालन कमिटीको गठन गरिएको छ । कमिटीको सह संयोजकमा धुव्र पछाई एवम सचिव बुद्धिवल चालिसे रहनुभएको छ ।
यस्तै युवा संघ नेपालको अध्यक्षमा सुरज नेपाली, उपाध्यक्ष प्रकाश नेपाली र सचिवमा गणेश केसी लगायत रहनुभएको छ । शुक्रबार नै गठित अखिल नेपाल महिला संघको अध्यक्षमा सावित्रा घिमिरे, उपाध्यक्षमा बसन्ती थापा, सचिवमा पुर्णकला महत र सहसचिवमा सिता खत्री रहनुभएको छ । यस्तै मुक्ति समाजको संयोजकमा ज्ञान बहादुर नेपालीलाई चयन गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend