logo
  • शुक्रबार, असोज ९ २०८३

गल्कोट नगरपालिका वडा नं. ११ को वडा अध्यक्षका उम्मेद्वार डम्बर श्रीस


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

विमल नेपाली,बाग्लुङ चैत्र १२ ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले गल्कोट नगरपालिका वडा नंं. ११ मा वडा भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले वडा संगठन संयोजक डोलेन्द्र रानाको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन कमिटिको गठन गरेकोे छ ।

भेलामा बोल्दै नेकपा एमाले जिल्ला कमिटिका उपसचिव विष्णुप्रसाद भुषालले सम्पुर्ण कार्यकर्ताहरुलाई निर्वाचन केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ ।भेलाले डालेन्द्र रानाकै संयोजकत्वमा १३ सदस्यीय वार्ता कमिटीको गठन गरेको छ । यही चैत्र १८ गते बाग्लुङ सदरमुकाममा हुने उत्पीडित जातिय मुक्ति समाजको जिल्ला भेला तथा १९ गते महिला भेलामा रिघाबाट प्रतिनिधि पठाउने निर्णय गरेको छ । भेलामा जिल्ला सदस्य तथा गल्कोट नगरपालिका संगठन कमिटी संयोजक डम्बर बहादुर श्रीस, कमिटी सचिव भविन्द्र थापा, जिल्ला सल्लाहकार परिषद सदस्य जयलाल वि.क लगायतले आफ्नो धारणा राखेका थिए ।

यसैविच शनिबार अर्थात चैत्र १२ गते गल्कोट नगरपालिका स्तरीय भेलामा व्यापक रुपमा सक्रिय रुपमा सहभागि हुने निर्णय गरेको छ । यस्तै भेलाले आगामी निर्वाचनमा गल्कोट नगरपालिका वडा नं. ११ मा वडा अध्यक्षको उम्मेद्वारका लागि गल्कोट नगरपालिका संगठन कमिटी संयोजक तथा नेकपा एमाले जिल्ला कमिटीका सदस्य डम्बर बहादुर श्रीसलाई चयन गरेको छ । कार्यक्रम संगठन संयोजक डोलेन्द्र रानाको अध्यक्षता एवम सचिव तेजिन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend