साझा नेटवर्क
काठमाडौं चैत११।
ललितपुरबाट तीर्थयात्री बोकेर प्यूठानको स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्बरको स्कार्पियो जीप स्वर्गद्वारी नजिकै रुमालेमा आज विहान दुर्घटना भएको छ उक्त घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते छन् ।
मृत्यु हुनेहरुमा ललितपुर महानगरपालिका १४ तिसेदेवलका दिनेश बस्नेत तथा उनका छोरीहरु दिक्षा,पद्मा र दिया छन्। त्यस्तै सोहि ठाउँका सुनिता श्रेष्ठ र श्रृष्टी खत्रीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
दुर्घटनामा घाईतेहुनेहरुमा सवारी चालक सरोज घले, सुशीला बराल र अमृता गजुरेल छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा प्राथमिक उपचार पछि थप उपचारका बुटवल रिफर गरिएको छ ।
उक्त गाडीमा ९ जना सवार थिए भने जीप सडकबाट करिव १५० मिटर तल खसेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend