logo
  • शनिबार, असोज १० २०८३

वाँगी खोला सरसफाई गरी अर्घाखाँचीमा पानि दिवस मनाईयो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जितेन्द्र खत्री, अर्घाखाँची चैत्र १० ।
अर्घाखाँची जिल्लामा २४ औ विश्व पानी दिवस मनाईएको छ । त्यसै खेर जान नदिई, पुनः प्रयोग गरौं फोहोर पानी, पानीमा नै निर्भर छ दिगो विकास र जिन्दानी भन्ने मुख्य नाराका साथ पानी दिवस मनाईएको हो ।

सदरमुकाम सन्धिखर्कका करिब दश हजार जनताले खाने खानेपानीको मुहान वाँगी खोलामा आज सरसफाई गरिएको हो । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व पानी दिवसमनाइँएको हो । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती अर्घाखाँचीको आयोजनामा र जिल्ला समन्वय समिती पश्चिम नेपाल ग्रामिण खानेपनी तथा सरसफाई परियोजना द्रोस्रो चरण अर्घाखाँचीको सहयोगमा सरसफाई गरी कार्यक्रम सम्पन्न भएको हो ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा गैरसरकारी संस्था लुम्बिनी सामाजिक विकास केन्द्रद्धारा सञ्चालित फन्र्डबोर्ड कार्यक्रम, सुआहारा परियोजना लगाएतका गैरसरकारी संस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend