logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय द्रारा प्रेस वक्तव्य


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं चैत्र १०।
राजनीतिक दल सम्बन्धी विधेयक संसदबाट २०७३ चैत्र ९ गते पारित गर्दा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ तीन प्रतिशत मत पाउने र प्रत्यक्ष तर्फ कम्तीमा एक सिट जित्ने पार्टीलाई मात्र राष्ट्रिय दलको मान्यता दिने गरी भएको निर्णयप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानार्षण भएको छ । प्रत्यक्ष निर्वाचनमा जति सिट जिते पनि समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गर्न नसक्ने दलको हैसियत स्वतन्त्र हुने र राष्ट्रिय मान्यता प्राप्त दल हुन नसक्ने निर्णयले बहुदलिय व्यवस्थाको उपहास भएको छ भने दुई दलिय तानाशाहीको जन्म हुने खतरा पैदा भएको छ।
“संसदमा धेरै दल भएको हु“दा राजनीतिक अस्थिरता पैदा भयो” भन्ने कुतर्क अगाडि सारेर साना दलहरुलाई नियोजन गर्ने निर्णयबाट दुई दलिय निरंकुशताको जन्म हुने खतरा पैदा हुने छ। वर्तमान रुपान्तरित संसदमा आधाभन्दा बढी दलहरुले १ सिट मात्र ल्याएका छन् ।

व्यवहारबाट नै प्रष्ट छ, कि साना दलहरुको पहु“चको कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा नभएर ठूला दलहरुबाट नै अस्थिरता पैदा भइरहेको छ।अहिले रुपान्तरित संसदका ठूला ३ दलकै कारण मुलुकमा अकर्मण्यता पैदा भएको छ।तीन दलले चाहेको अवस्थामा दुई तिहाई बहुमतबाट जुनसुकै निर्णय गर्न सक्छन्।साना दलहरुको कारण कुनै पनि प्रकारको निर्णयमा असर पुगेको देखिंदैन ।ठूला राजनीतिक दलले राष्ट्र र जनताप्रति अपनाउने गरेको गलत नीतिलाई नसच्याउन्जेलसम्म देशमा अशान्ति, अराजकता, भ्रष्टाचार र गरिबीले जरा गाडिरहने छ।

मुलुकको सावैभौमसत्ता,राष्ट्रिय अखण्डता र विविधता बीचको एकतालाई खलल पु¥याउने र साम्राज्यवादी र विशेष गरी भारतीय विस्तारवादको स्वार्थमा भित्रिएको संघीयतास“ग जोडिएर आएका जातिवाद,क्षेत्रीयतावाद, बहुराष्ट्रवादको गोलचक्करमा यिनै ठूला दलहरु परेको कुरा कसैबाट छिपेको छैन ।ठूला दलहरुले आफै निम्त्याएको राजनीतिक अस्थिरतालाई साना दलहरुको पोल्टामा थुपारेर प्रतिशोधपूर्ण तरिकाले दुई दलिय निरंकुशता लाद्न र तीन प्रतिशत थ्रेसहोल्ड लगाउन गरेको निर्णयलाई खारेज गर्न सबै पक्ष एक हुन राष्ट्रिय जनमोर्चा यो प्रेश वक्तव्य मार्फत् सबैको ध्यानाकर्षण गर्न चाहन्छ ।
मिति २०७३ चैत्र १० गते
चित्रबहादुर के.सी.
अध्यक्ष

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend