logo
  • शनिबार, असोज १० २०८३

चिनियाँ रक्षामन्त्री चाङ वानक्वानले नेपाली सेनालाई हेभी इक्विपमेन्ट उपलब्ध गराउने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं चैत १०।
नेपालको भमर्ण रहेका चिनियाँ रक्षामन्त्री चाङ वानक्वानले शान्ति सेना र विपद व्यवस्थापनका लागि नेपाली सेनालाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने बचन दिएको छन् ।बिहीबार मात्र नेपालको तीन दिने भ्रमणका आएका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपाली समकक्षी बालकृष्ण खाँडलाई भेटेर सहयोगको बचन दिएका बताए ।रक्षा मन्त्रालयमा भएको भेटमा चिनियाँ रक्षामन्त्री चाङले शान्ति सेनाका साथै विपद व्यवस्थापन र विकास निर्माणका काम गर्दा आवश्यक पर्ने हेभी इक्विपमेन्टहरु उपलब्ध गराउने बताएका छन् ।

‘हामीले लिस्ट लिएपछि उनीहरुले उपलब्ध गराउनुहुन्छ,’भेटपछि रक्षामन्त्री खाँडले भने ।उनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच बेइजिङमा हुने भेटवार्तामा पनि सैन्य सहयोयबारे थप छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend