साझा नेटवर्क
कुमार अविरल/केसब कंडेल, कतार ।
कतारमा बिगत केहि वर्षदेखि सक्रिय रहँदै आएको बसन्त फिल्मस् प्रा.ली. काठमाडौँ/कतारले आगामी अप्रिल १४ तारिखका दिन “नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम २०१७” को आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०७४ सालको अवसर पारेर साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रममा राष्ट्रिय बहुचर्चित कलाकार तथा स्थानीय चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । बिगतका दिनमा जस्तै बसन्त फिल्मस् प्रा ली.ले राष्ट्रिय कलाकारको साथमा यहाँका स्थानिय कलाकारलाई पनि समान अवसर प्रदान गरी कतारमै फरक किसिमले साँस्कृतिक कार्यक्रम गर्दै आएको र यस बर्ष पनि सोहि अनुरुप कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तिलु शर्मा पौडेल बताउँछन् ।
कार्यक्रममा बहुचर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारी अमेरिका बाट कतारको कार्यक्रमका लागि आउदै छन् । चर्चित गायक तथा संगीतकार राम कृष्ण बम मल्ल जापान देखि आउदै छन् । चर्चित आधुनिक गायक तथा संगीतकार रमेशराज भट्टराई ,लोक तथा दोहोरी गायिका जुना श्रीश,लोक तथा दोहोरी गायक भगिरथ चलाउले,लोक तथा दोहोरी गायिका देविका के.सी., सर्जक तथा लोक गायक तेजस रेग्मी,लोक दोहोरी गायिका तथा कुसल कार्यक्रम संचालिका शितल शर्मा, चर्चित मोडल मन्दिता के.सी., बहुचर्चित हास्यकलाकार यादब देवकोटा(सरापे), लोक तथा दोहोरी गायक दिपक परियार भने नेपाल देखि आउदै छन् ।
त्यसैगरी लोक तथा दोहोरी गायक/सर्जक शरद पाण्डे,आधुनिक गायिका अरुणा के.सी.,पप गायक नवराज श्रेष्ठ,रक पप गायक दामोदर न्यौपाने,लोक तथा आधुनिक गायक बिरेन्द्र दोंग तामांग,लोक दोहोरी गायक रेसम परियार, पप तथा आधुनिक अर्जुन रक, हास्यकलाकार गुल्मेली माग्ने बुढा,डान्सरहरु सन्चमाया तामांग, अजय परियार,अमर स्याङ्तम, तथा चर्चित डान्स ग्रुप (UNI DANCE CREW) लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । अप्रिल १४ तारिखका दिन गल्फ प्याराडाइज होटलको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने उक्त कार्यक्रमको प्रवेश शुल्क कतारी रियाल ३५,५० रहेको छ । विशेष सहयोगीको रुपमा रानीमहल ट्रेडिङ,कन्ट्रयाकटिङ एण्ड सर्भिस रहेको छ भने अनलाईन मिडिया पार्टनर साझा नेटवर्क डटकम र गुल्मी टाईम्स डटकमले अनलाईन तथा प्रचार प्रसारमा सहयोग गरिरहेका छन् । कार्यक्रम बसन्त फिल्मस् प्रा.ली.को आयोजनामा सम्पन्न हुन् लागेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend