साझा नेटवर्क
काठमाडौं चैत्र ९ ।
चीनले नेपाल र श्रीलंकासँग गर्न लागेको सैन्य साझेदारीमाथि हस्तक्षेप गर्ने कुनै पनि भारतीय प्रयासको प्रतिकार गरिने चिनियाँ सञ्चारमाध्यमले चेतावनी दिएका छन् । चिनियाँ रक्षामनत्री चाङ वान्कुआनले श्रीलंकाको भ्रमण गरिरहेको अनि त्यसपछि नेपाल आउन लागेको सन्दर्भमा यो चेतावनी आएको हो ।
चाङसँग जलसेनामा उपकमाण्डर सु झिकियान पनि रहनेछन् । दशकौंदेखि नेपालमा भारतले जमाएको प्रभावलाई निस्तेज पार्न सजिलो नहुने चीनको चिन्ता छ।दक्षिण एसियामा चीनको बढ्दो प्रभावलाई भारतले टक्कर दिन लागेको आरोप लगाउँदै चीनको मुखपत्र मानिने ग्लोबल टाइम्सले लेख्यो,‘भारतले यस्तै प्रवृत्ति देखाउने हो भने चीनले प्रतिकार गर्नुको विकल्प रहनेछैन किनकि भारतको कदमले चीनको स्वार्थमा धक्का पुग्ने बताए ।
हामी मुठभेडको स्थिति चाहँदैनौं तर यो भारतको रवैयामा भर पर्ने कुरा हो ।’भारतका सेनाप्रमुख बिपिन रावतले चैत १५ देखि १८ सम्म नेपालको भ्रमण गर्न लागेकोमा चीनले चिन्ता व्यक्त गरेको छ । चाङको भ्रमणका बेलामा काठमाडौंले लिने निर्णयलाई भारतीय सेनाप्रमुखको भ्रमणले प्रभावित पार्नसक्ने चीनको चिन्ता हो । रावतले नेपाललाई सैन्य सामग्रीको बिक्रीका बारेमा चर्चा गर्ने अपेक्षा छ र चीन पनि यस्तै सामग्री बेच्न चाहन्छ ।
रास
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend