साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी चैत ८।
गत चैत ५ गतेबाट हराएका गुल्मीको धुर्कोट गाउंपालिका वडा नम्बर ५ बस्तु हर्रे निवासी गोपाल भण्डारीको आज शव फेला परेको छ । भण्डारीले घरनजिकै किराना पसल संचालन गरेका थिए । उनी ५ गते शनिबार पसलबाट साझँ हिडेका तर घर नगई छल्दीतिर गएका थिए ।
छल्दी जाने क्रममा आफ्नो पसल नजिकै स्थानिय गोमा विकको घरमा नाम्लो मागेका उनी राति ९ बजे छल्दी रामु पाण्डेको घरमा बास बस्न गएको स्थानिय समाजसेवी नन्दाराम पाण्डेले बताए ।अर्को दिन विहान ५ बजे साली बिरामी छिन् तम्घास जानु छ भन्दै हिडेका भण्डारी सम्पर्कमा नआएपछि स्थानियले खोजि गरेका थिए ।
प्रहरी कार्यलयले मानिस हराएको सूचना आधिकारीक रुपमा कार्यलयमै जानकारी आएकोले लेखापढिकोे बिहान जिल्ला प्रहरी कार्यलय तम्घासमा पठाएको इलाका प्रहरी कार्यलय बस्तुका प्रमुख शेर बहादुर थापाले बताए । उनको आज विहान १० बजेतिर साविकको वस्तु १ स्थित छल्दिखोलाको किनारमा सिमडाडाँ भन्ने जङ्गलमा झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मृत गोपाल भण्डारीको घरमा अहिले श्रीमती, एक छोरा र बाबु आमा छन् भने एक छोरा रोजगारिको शिलशिलामा विदेशमा रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend