साझा नेटवर्क
महेश कार्की,कतार ।
सिन्धुपाल्चोकको एक मध्यम परिवारमा जन्मिएकी रिमा लामा अहिले प्रवासमा रहेर पनि संगीतिक क्षेत्रमा सफलता हात पार्न सफल भएकी छ्न।
परिवारको सबै भन्दा कान्छो सन्तानको रुपमा जन्मिएकी लामा एक जना दाइ दुई जना दिदिको प्यारो एक बहिनी हुन । उनी भन्छन् भगवानको लिला होला सानै उमेरमा आमाको ममता बाट टाढा हुन पुग्य । मेरो आमाको ठूलो चाहाना थियो मलाई स्टेजमा नाचेको हेर्ने अनि टिभीको पर्दामा मलाई देख्ने ठूलो सपना थियो आमा त्यो सपना पूरा हुन नपाउदै भगवानको प्यारो हुनु भयो । बाबा र दाईदिदीको माया पाएर आज म त्यो मेरो आमा अधुरो सपना पूरा गरि रहेकि छु ।
आज मामु हामीहरुको सामु यो संसारमा हुनुहुन तर म बिस्वस्त छु पक्कै मेरो मामुको आत्माले शान्ती पाउछ होला । म कुनै मेडल जित्न लाई अनि चर्चा बटुल्न लाई क्षेत्रमा लागेको हैन मेरो आमाको अधुरो सपना पूरा गर्नको लागि यी क्षेत्रमा लागेको उनको भनाइ छ।सानै उमेर देखि नै यो क्षेत्र मा आफ्नो पनि निकै रुचि रहेको बताउदै बन जङ्गलमा गोठाला जादा पनि विभिन्न अभियान र नाच्ने गर्थे म सङ्ग गोठाला जादाका साथी हरु पनि म देखेर कहिले हास्थे त कहिले दिक्क हुन्थे।
लामा वैदेशिक रोजगारको शिलशिलामा कतार आए पछि आफ्नो संगीतिक क्षेत्रको चाहाना पूरा गर्न धेरै टेवा पुगेको बताउछिन । उनले अहिले सम्म प्रवासमा रहेर पनि विभिन्न गितहरुमा मोडेलिङ्ग गरि सकेकि छ्न । यति खेर भने आफ्नै शब्द्द सिर्जनामा बरिस्ठ संगीतकार टंक बुढाथोकीको संगीतमा स्वरकि खानी मेलिना राईको स्वरमा महेश कार्कीको प्रस्तुतिमा रहेको गित “कहिले हसाउछौ तिम्ले कहिले रुवाउछौ” बोलको गितमा मुख्य पात्रको रुप अभिनय गरेकी छ्न । उनले शब्द सिर्जना र अभियान गरेको भिडियो केही दिन मै बजारमा आउने उनको दाबी छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend