साझा नेटवर्क
अनिश शर्मा गैरे, वामी गुल्मी ।
नेकपा एमाले वामीको बैठक सम्पन्न भएको छ । बैठकले आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै निर्वाचन परिचालन समितिका लागि हरिहर सापकोटाको अध्यक्षतामा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटिको गठन गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले वामीका अध्यक्ष गोपिकृष्ण खरेलको अध्यक्षता रहेको थियो भने जिल्ला कमिटि सचिब सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले देशमा सविंधान कार्यान्वयनको लागि स्थानीय तहको चुनाव लगायतका कामहरु हुँदै गइरहेको बताउदै स्थानीय तहको चुनाव जसरी पनि हुनु पर्ने बताएका थिए । यो चुनाव हुन नदिनको लागि केही शक्तिहरु लागी परेको बताउँदै जुनसुकै दलले जिते पनि तुरुन्तै तोकिएको मितिमा चुनाव हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै सापकोटाले बर्षै देखी स्थानीय तहमा चुनाव नहुँदा अनियमितता बढेकोले यो चुनाव चाँडो सम्पन्न गर्नको लागि नेकपा एमालले दवाद दिदै आइरहेको बताबताएका छन् । कार्यक्रममा अञ्चल कमिटी सदस्य खडक केसी, जिल्ला सल्लाहकार सदस्य महेश जिसी, जेष्ट कम्युनिष्ट मञ्चका जिल्ला सदस्य रामचन्द्र श्रेष्ठ, मुसिकोट नगरपालीका निर्वाचन परिचालन कमिटिका कोषाध्यक्ष प्रकाश काफ्ले, सल्लाहकार संयोजक अग्निधर लोहनी, लोकतान्त्रीक कुमाल संगठनका जिल्ला अध्यक्ष टेक बहादुर कुमाल लगायत नेकपा एमालेका कार्यकर्ता तथा पार्टी प्रेमीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अवसरमा आज मुसीकोट नगरपालीकामा नेकपा एमालेको कार्यालय समेत उदघाटन गरिएको छ ।त्यसैगरी अनुप लाखेको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ तथा सत्य जिसीको अध्यक्षतामा ४५ सदस्यीय अखिल नेपाल महिला संघको गठन गरिएको छ । आजको कार्यक्रममा अव आउँदै गरेको स्थानीय तहको निर्वाचनको लागि खटिएर आग्ने तथा खटिएर लाग्नको लागि आफ्ना कार्यकर्ताहरुलाइ आग्रह समेत गरेको छ । कार्यक्रमको सञ्चालन हरिहर सापकोटाले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend