साझा नेटवर्क

समिम मियाँ,धादिङ चैत्र ८ ।
युवा गायक तथा सर्जक युसुफ खानको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । “युसुफ ” नामक एल्बममा समेटिएको ” तिम्रो नयन” बोलको भिडियोलाई ‘सङ्स नेपाल’ले आफ्नो युट्युब मार्फत सार्वजनिक गरेको छ ।
आर्टिस्ट नेपाल प्रोडक्सनको प्रस्तुती रहेको यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । प्रदिप जोशीले एरेंज्मेंट गरेको गीतलाई माधब बेलबासेले सम्पादन गरेका हुन् । नभ ढुंगेलको निर्देशनमा बनेको सो म्युजिक भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् ।
यसै भिडियो मार्फत मोडलिंग क्षेत्रमा डेब्यु गरेका समिम खानलाई मोडल अनु शाहले साथ दिएकि छिन् । धादिंगको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमा दुवै मोडलको आकर्षण प्रस्तुती देख्न सकिन्छ । वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेर युसुफले फुर्सदको समयलाई राम्रो सदुपयोग गरे । संगीतमा रमाउने उनि आफैले थुप्रै गीत लेखी सकेका छन् भने अरु गीत पनि चाडै नै बजारमा आउने खानले जानकारी दिए ।
खाडी मुलुक कतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ ।
भिडीयो हेर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend