logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी कांग्रेसबाट गाउँ,नगरको उमेदवारमा को को ?


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी चैत्र ७ ।
स्थानिय तहको निर्वाचनमा कुन पार्टीको कहाँ कहाँ को उमेदवार ? भन्ने अडकलवाजी चलिरेहेका वेला कांग्रेसबाट पनि सम्भावित उमेदवारको होला भनेर पत्रकारहरुले जिज्ञाषा राख्दा नेपाली कांग्रेस गुल्मीले तय नभई सकेको बतायो ।

बरु उसले सुरु गरेको अर्वेनी अग्लुङ्ग अभियानको प्रत्येक गाउँ र नगरपालिकामा संयोजक भने तोकेको जानकारी दियो । उसले तोकेको संयोजकहरु मध्ये कतिपय सम्भावित उमेदवारका रुपमा पनि अनुमान गर्न सकिन्छ । पार्टी सचिव खिलध्वज पन्थीले दिएको जानकारी अनुसार पार्टी उपसभापति विष्णु वलाल चन्द्रकोट गाउँपालिकाको संयोजक तोकिएका छन् । उनि त्यहाँका वासीन्दा पनि हुन् ।

सोही पालिकामा सचिव पन्थी पनि तोकिएका छन् । मुसिकोट नगरपालिकामा अर्की जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटा तोकिएकी छन् । उनि त्यस भेगकी वासीन्दा पनि हुन् । रुरु गाउँपालिकामा सह–सचिव गोपाल पाण्डेय तोकिएका छन् । मदाने गाउँपालिकामा जिल्ला सदस्य काँशीबहादुर वोहरा संयोजक तोकिएका छन् ।

अर्का जिल्ला सदस्य नविन जिसी धुर्कोट गाउँ पालिकाको संयोजक तोकिएका छन् । मालिका गाउँपालिकामा महेन्द्र भण्डारी संयोजक तोकिएका छन् । रेसुङ्गा नगरपालिकामा जिल्ला सदस्य शालिक पन्थी संयोजक तोकिएका छन् । ईस्मा गाउँपालिकामा जिल्ला सदस्य छन्दबहादुर पहराई तोकिएका छन् । कालिगण्डकी गाउँपालिकामा जिल्ला सदस्य वेद थापा मगर संयोजक तोकिएका छन् ।

छत्रकोट गाउँपालिकामा जिल्ला सदस्य प्रकाश भलामी संयोजक तोकिएका छन् । गुल्मी दरवार गाउँपालिकामा श्रीप्रसाद भलामी संयोजक तोकिएका छन् । सत्यवती गाउँ पालिकामा सचिव खिलध्वज पन्थी संयोजक तोकिएका छन् । तोकिएका यि संयोजक मध्ये कतिपय त सम्भावित उमेदवार जस्ता पनि लाग्छन नि ? भन्ने प्रश्नमा सभापति भुवनप्रसाद श्रेष्ठले त्यस्तो केहि नभएको बताए ।

उनले भने– ‘भावि उमेदवारका रुपमा आंकलन गरेर कसैलाई पनि संयोजक तोकिएको होईन केवल अर्वेनी अग्लुङ्ग अभियानका लागि मात्र तोकिएका हुन् । ’ त्यसो त तोकिएका संयोजकहरु मध्ये कतिपय जनस्तरबाट भावि उमेदवारका रुपमा आंकलन गरिएका नेता पनि पर्दछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend