साझा नेटवर्क
ध्रुब क्षेत्री,कतार ।
विश्वभरीका नेपालिहरुलाइ नया शक्तिमा एकिकृत गरि विदेशमा भएका ज्ञान र सिपको प्रयोग मार्फत समृद्द नेपाल निर्मार्णमा टेवा पुग्ने दृढ प्रतिज्ञा स्वरुप गठन भएको नयाँ शक्ति पार्टि नेपाल निकट प्रवास भातृसंगठन अन्तराष्ट्रिय नेपाली समाज बेलायत युकेको १९ मार्च, २०१७ आईतबारका दिन अधिवेशन सम्पन्न भएको हो ।
निवार्तन समाजका संयोजक भोला खनालको अद्याक्ष्यतामा सम्पन्न पहिलो अधिवेशनबाट अध्यक्ष धन गुरुङ सर्ब सम्मत निर्बाचित भएका छन् ।उपाध्यक्षहरु जनक कार्की (खुल्ला ) थाम बिक (दलित) सुमित्रा राइ (महिला) हेम गुरुङ (जनजाति ) र डाक्टर दिलिप यादब (मधेसी )बाट निर्बाचित भएका हुन् । समाजको महासचिबमा रेसम थापा, सचिबमा पुष्प उप्रेती र रुद्र श्रेस्ठ तथा सहसचिबमा रुद्र ढकाल, प्रवक्ता बिरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमश दिपक गुरुङ र राजु कडेल निर्बाचित भएका हुन ।
सदस्यहरुमा सुरज मास्के , सकुन गुरुङ , क्रिस्ण गैरे,थर्क सेन , शिबहरि तिमल्सिना ,क्रान्ति मास्के , तारबिर पोख्रेल, पाण्डप महत्तो, सकुन्तला गुरुङ , कुमार घले , लक्ष्मी भण्डारी ,गगन गुरुङ र हर्क सेवा निर्बाचित भएको समाजका महासचिब रेसम थापाले जनाकारी दिनु भएको छ ।निर्वाचन समितिमा रहेका डक्टर भरत सिम्खडा ,डाक्टर चन्द्रा लक्सम्बा , ढक गुरुङ, चन्द्र गुरुङ र कृस्न गुरुङ सम्मिलित समितिले चुनाब सभ्य , भब्य र निष्पक्ष भएको भन्दै निर्बाचित कार्यसमितिको नामावली घोषणा गरेका थिए भने, निर्बाचन समितिले सामुहिक रुपमा निबर्तवान कार्यसमितिलाइ सफलता पुर्बक अधिबेसन गरेर कार्यभार नया टिममा सुम्पिनु भएको प्रति आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend