logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतारको परिचयात्मक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, कतार ।
सन् २००३ देखि अनवरत रुपमा खाडी मुलुक कतारमा सक्रिय रहेको सस्था मोना कतारको आठौ अधिवेशन सम्पन्न भई नया कार्यसमिति बनि सकेको छ । रमेश पौडेलको अध्यक्षतामा निर्वाचित १७ सदस्यीय समितिको परिचयात्मक तथा पहिलो मासिक बैठक समाजका अध्यक्ष पौडेलको सभापतित्वमा गत सुक्रबार दोहा सहरको मुन्तजा पार्कमा सम्पन्न भयो ।
मोना आइ.ई.सि.का क्षेत्रीय सचिव रेशम शाही प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा सस्थापक अध्यक्ष प्रेम रसाइली विशेष अतिथि रहनु भएको थियो । उक्त बैठकले भै परि आउने तथा अति नै आवश्यक परेको बेला निर्णय गर्न सहज होस् भनी एक विशेष समिति गठन गरेको छ । जसमा रमेश पौडेल, तिलु शर्मा पौडेल, चित्र बहादुर चोखाल, मिन बहादुर कार्की, राजु पौडेल, तारा क्षेत्री, राजेन्द्र भण्डारी, रमेश कुमार शर्मा, मिन बहादुर नेपालि, थाम कुमारी गिरि सपना पुन,दिल छन्त्याल र राम घर्ति मगर हुनुहुन्छ । सस्थालाई थप गतिशील बनाउन किरण शाही प्रमुख सल्लाहकार रहेको सल्लाहकार समितिमा डम्बर हमाल,हिमाल सुबेदी, नरेन्द्र फगामी, पदम पुनलाई चयन गरेको छ । त्यस्तै सस्थापक अध्यक्ष प्रेम रसाइली, बिक्रम कार्की, नन्द प्रसाद गर्बुजा, र रेशम शाही विधानत सरक्षक रहनु भएको छ । समाजका विविध गतिविधिलाई अनुशाशित तथा मर्यादित बनाई राख्नका लागि पेम रसाइलीको संयोजकत्वमा विक्रम कार्की र नन्द प्रसाद गर्बुजा सहित ३ सदस्सीय अनुशासन समित समेत गठन गरिएको छ ।

यस सस्थाको अभिन्न अंगका रुपमा रहेका बिबिध समितिहरु मध्ये साँस्कृतिक बिभागको सयोजककमा सस्थाका बरिस्ठ उपाध्यक्ष तिलु शर्मा पौडेल खेलकुद विभागको सयोजकमा प्रथम उपाध्यक्ष चित्र ब.चोखाल (शिब) र संगठन बिस्तार तथा कतारमा रहेका म्याग्देलीको डाटा सङ्कलनको सँयोजकमा दित्तीय उपाध्यक्ष मिन बहादुर कार्कीलाइ चयन गरिएको छ । आकस्मिक कोषको रकम वृद्धि गर्न कोषमा उपलब्ध रकमलाई परिचालन गर्ने निर्णय पनि गरेको छ बिधानत ६ जना केन्द्रीय सदस्यहरु हरेक गाउपालिका बाट एक जनाका दरले कार्यसमितिले मनोनित गर्न सक्ने ब्यबस्था अनुसार म्याग्दी राखु भगवती ०९ का बाबुराम भण्डारीलाई रघुगङ्गा गाउपालिका बाट यस अघिनै मनोनित गरि सकिएको छ भने बाकि ५ ओटा गाउपालिकाका प्रतिनिधिको स्थान खालि नै राखिएको छ ।

मोना कतारले बिबिध समयमा सन्चालन गरेका बिबिध कार्यहरुमा उत्कृस्ट योगदान दिनु भएका तथा कतारको बसाइलाई बिट मार्दै स्वदेश फर्कन लाग्नु भएका म्याग्दी राखु भगवती ०९ का लक्ष्मण भण्डारीलाई सस्थागत सम्मानका साथै बिदाइ पनि गरेको छ । भण्डारी केहि दिनमै स्वदेश फर्कदै हुनुहुन्छ । बिगत लामो समय देखि कतारलाई कर्मथलो बनाउनु भएका म्याग्दी दग्नाम गा.बि.स,वडा नम्बर ०३ निबासी बल ब पाइजा घरबिदाबाट फर्केको केही समय पछी नै कम्पनीले तलब नदिने र घर फिर्ता हुनलाई टिकट पनि नदिएको हुदा पिडित स्वयम् बैठकमा उपस्थित भै प्रत्यक्ष्य सहयोगको याचना गरेपछी कार्य समितिले तत्काल निर्णय गरि पिडितलाई नेपाल फर्किनको लागि हवाईजहाजको टिकट उपलब्ध गराउने निर्णय सहित उहाको समस्या समधानको लागि सस्थाका सस्थापक अध्यक्ष प्रेम रसाइली ज्युलाई जिम्मा दिइएको छ ।

बैठकले मोना कतारको सञ्चारकर्मीमा बेनिअनलाइन.कम.एनपी का सम्पादक हरिकृष्ण गौतमलाइ निरन्तरता दिइएको छ भने म्याग्दीअनलाइन.कम र साझानेटवर्क.कम दुबैलाई अफिसियल मिडियाको रुपमा राखिएको छ । साथै उक्त् बैठकले गत मार्च १० गते समपन्न आठौ महाधिबेशन सफल बनाउन पाल्नु भएका प्रमुख अतिथी ज्यू, विशेष अतिथी ज्यूहरु,अतिथी ज्यूहरु,सस्थापक ज्यु , सल्लाहकारज्यूहरु, सरक्षकज्यु खेलाडी ज्युहरु , विभिन्न सघ सस्थाबाट पाल्नु भएका प्रतिनिधि ज्यूहरु, बुद्धिजीवी तथा पत्रकार, कलाकार, कार्यसमितिका सम्पुर्ण पदाधिकारी लगायत, स्वयंसेवक, सहयोगी एवम कार्यक्रममा उपस्थित सम्पुर्ण म्याग्देलीहरु प्रती बिशेष आभार प्रकट गरेको थियो ।

कार्यक्रमको समापन गर्दै सभापति पौडेलले आफुले सस्थालाइ थप उचाई दिन आफु हरदम प्रयासरत रहने बाचा गर्दै उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो । उक्त कार्यक्रम पछी गोधुली साझको समयलाइ दोहा सहरको कर्निसमा अबस्थित समुन्द्रमा २ घण्टा भन्दा बढी डुङ्गाको यात्रा गरिएको थियो । उक्त यात्राले आपसी भाइचारा तथा पारिवारिक माहोल सिर्जना गरेको थियो भने खाजाको रुपमा नेपालि परिकारहरु समाबेस गरिएको थियो । कसैलाई पनि कार्य समितिमा रहदै गर्दा अप्ठारो नहोस यो ठुलो म सानो मेरो त्यरो भन्ने भावना कहिँ नपलावोस हामि एकै परिवारका सदस्य हौ भन्ने सकारात्मक सोच तथा उर्जा थपियोस भन्ने उदेस्यले उक्त सामुन्द्रिक डुंगाको यात्रा गरिएको महासचिव राजु पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend