logo
  • शनिबार, साउन ३० २०८३

शुभकामना कार्यक्रममा आयोजक सस्थाहरु जोडिने क्रमजारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
एनआरएन कतारको समन्वयमा कतारमा स्थापित संघसस्थाहरुले सयुक्त रुपमा नेपाली नयाँ बर्षको उपलक्ष्यमा सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । कार्यक्रम आयोजनाका लागी अहिले सम्म ३३ संघसस्थाहरुले सहभागिता जनाई सकेका छन् भने अन्य संघसस्थाहरुलाई समेत सहकार्य गराउने कोशिश जारी रहेको एनसीसी महासचिव नन्द प्रसाद गर्वुजाले जानकारी दिएका छन् ।
शुभकामना कार्यक्रमका लागी नै कतारमा नेपालका चर्चित आधुनिक गायक हेमन्त शर्मा कतारमा आउने भएका छन् । उनले आफ्ना जादुमयी स्वरले कतारमा नेपालीहरुको ढुकढुकीलाई संगीतको स्पर्श गराउदै आफ्ना चर्चित गीतहरु आफ्ना दर्शक माझ पस्कने छन् । साथै उनिसंगै सांगीतिक कार्यक्रमलाई थप रमाइलो गराउनको लागी स्थानीय कलाकारहरु समेत बेजोड प्रस्तुति रहने छ ।

नेपालीहरु परिश्रमी, मायालु र दयालु मात्र नभई आफ्ना सस्कृति र परम्पराका पारखी हुन् । हप्ता, महिना सम्म आफुहरुले गरेको परिश्रमलाई भुलेर आफ्ना सस्कृतिको नाममा विभिन्न संघसस्थाहरुले गर्ने गरेका कार्यक्रममा सहभागी भएर रमाउने गर्दछन् । कतारका जुन सुकै सस्थाले जस्तो सुकै कार्ययोजना बनाएर अगाडी बढे पनि सांगीतिक कार्यक्रमलाई छुटाएका हुदैनन् । त्यसैले नयाँ बर्षको शुभकामना तथा बनभोज कार्यक्रममा संघसस्थाहरुको सयुक्त कार्यक्रममा पनि सांगीतिक प्रस्तुति छुटेको छैन ।

यस्ता कार्यक्रमले हरेक नेपालीहरु मात्र नभएर गैर नेपालीहरुलाई समेत समेट्ने गरेको छ। सामाजिक सस्थाहरुले समेत सहकार्य गर्दै एकले अर्को संस्थाको बारेमा बुझ्ने अवसर पाउने गर्छन। यस्ता सामुहिक कार्यक्रमले सामाजिक तथा अन्य संघसस्थाहरुको आर्थिक भारलाई कम गराउछ त्यसैले यस कार्यक्रममा कतारका बढी भन्दा बढी स्थापित संघसस्थाहरुलाई सहभागी गराउने उदेश्य राखिएको छ ।

हाल सम्मको आयोजक संघसस्थाहरुको नामावली यस प्रकार रहेको छ ।

१  एनआरएनए एनसिसि कतार
२  नेपाली जनसम्पर्क समिती कतार
३  प्रवासी नेपाली मंच कतार
४  नेपाली जनप्रगतिशिल मंच कतार
५  तराई मधेश प्रवासी मंच कतार
६  नेपाल प्रबासी आदिबासी जनजाति महासंघ कतार
७  नेपाली महिला समाज कतार
८  नेपाल पत्रकार महासंघ कतार
९  दलित एकता संजाल, राष्ट्रिय समन्वय समिती कतार
१०  मुस्लिम सेवा समाज कतार
११  मोरङ्सुनसरी सेवा समाज कतार
१२  गोरखा सेवा समाज कतार
१३   कास्की आदर्स सेवा समाज कतार
१४  सुदुरपश्चिम सेवा समाज कतार
१५  लम्जुङ सेवा समाज कतार
१६  ओखलढुङा सेवा समाज कतार
१७  म्याग्दी प्रबासी नेपाली संघ (मोना कतार
१८  पर्बत युवा सेवा समाज कतार
१९  सुनसरी सिर्जनशिल परिवार
२०  संखुवासभा समाज कतार
२१  गुल्मी सेवा समाज कतार
२२  रोल्पा जलजला सेवा समाज कतार
२३  दाङ देउखुरी सेवा समाज कतार
२४  ठकुरी सहयोग सन्जाल कतार
२५  प्युठान सेवा समाज कतार
२६  विश्वकर्मा समाज कतार
२७  समाज सेवा अभियान रुपन्देही
२८  तनहुँ सेवा समाज कतार
२९  नुवाकोट सेवा समाज कतार
३०  कपिलबस्तु मुस्लिम समाज कतार
३१  खोटाङ सेवा समाज कतार
३२  धनकुटा प्रबासी सेवा समाज कतार
३३  बाग्लुङ सेवा समाज कतार

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend