logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा निशुल्क मुटुरोग जाँच शिविर सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी,चैत्र ५।
पहिले पटक गुल्मीमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र वाँसवारी काठमाण्डौका चिकित्सकहरु गुल्मी आएर मुटु रोगीहरुको निशुल्क उपचार गरेका छन् ।नेपाल हृदयरोग प्रतिष्ठान गुल्मी शाखाको आह्वानमा केन्दका ७ जना भन्दा बढि मुटुरोग विशेषज्ञ डाक्टर अन्य स्वास्थ्यकर्मी गुल्मीको सदरमुकाम तम्घास स्थित नेपाल नेत्रज्योति संघको प्रगाणमा निशुल्क मुट जाँच स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।आयोजक संस्थाका सचिव तारा भुसालले यहाँका सुरक्षाकर्मी ,रेसुङ्गा वहुमुखी क्याम्पसका विद्याथी र अन्य संघ संस्थाले व्यवस्थापनमा सहयोग गरेको र आफुहरुले अपेक्षा राखे भन्दा पनि बढि विरामीले उपचार सेवा लिन आएको बताए । त्यस्तै अध्यक्ष अहिलेश्वरप्रसाद पाण्डेले आफुहरुले धेरै पहिले देखि पहल गरे अनुरुप पहिलो पटक शहिद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञलाई ल्याउन सफल भएको बताए ।शिविर व्यवस्थापन समितिका संयोेजक शेरबहादुर थापाले सोचे भन्दा बढि मुटु रोगीहरुलाई सहभागी गराउन सकिएको प्रति सन्तोष व्यक्त गर्दै भोली वाँझकटेरीमा पनि यहि टोली निशुल्क उपचार शिविर सञ्चालन गर्न जाने भएकोले त्यस भेगका वासीन्दालाई व्यापक रुपमा सहभागी हुन अपिल गरेका छन् शिविरमा झण्डै दुई हजार मुटुरोगीहरुको लाम देखिन्थ्यो भने पुरुष भन्दा महिलाको दोव्वर बढि संख्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend