logo
  • शनिबार, असोज १० २०८३

बाग्लुङमा भिषण पहिरोका कारण पुर्ण रुपमा ठप्प बनेको मध्यपहाडी लोकमार्ग पुन संचालनमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल नेपाली बाग्लुङ,चैत्र ५।
बाग्लुङको रिघा ७ मनेवापाटामा भिषण सुख्खा पहिरो जादाँ पुर्ण रुपमा अवरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको छ। सडक अवरुद्ध हुदाँ गुल्मीको वामीटकसार हुदै आगोपार्ने,अलाङकोट, काँडेबास हुँदै हटियाको सडकलाई बैकल्पिक सडकको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । यो सडक साँघुरो भएकोले ठुला सवारी साधनहरु सञ्चालनमा आउन सकेका थिएनन । ठुला सवारी साधन सडक अवरुद्ध भएपछि बुर्तिबाङबाट छुटेका ठुला सवारी साधन खर्वाङ र काठमाडौ तथा बाग्लुङबाट छुटने ठुला सवारी साधानहरु हटियामा मै रोकिने गरेका थिए भने यात्रुहरुलाई पनि समस्या पर्दै आएको थियो । सुचारु सडकको पहिरो गएको स्थानमा सडक साघुँरो भएकोले एकोहोरो मात्र सवारी साधन चल्न सक्ने र निरन्तर डोजरले काम गरिरहेकोले केही दिनमै दोहोरो रुपमा सवारी साधन चल्न सक्ने गरी सडक खुल्ने खर्वाङ प्रहरी चौकीका प्रहरी नायव निरिक्षक भोज बहादुर बानियाले जानकारी दिनुभयो । गएको फागुन २२ गते एक्कासी भिषण सुख्खा पहिरो जादाँ दरमखोला पुर्ण रुपमा थुनिएर ताल समेत बनेको थियो । दरमखोला थुनिँदा खोला छेउमा रहेको केन्द्रिय विद्युत प्रसारण लाईनको ट्रान्सफर्मर लगायतका उपकरण डुव्दा विद्युत सर्ट भई घरमा आगोलागेपछि निभाउने क्रममा रिघा ७ कल्छेकी ५६ बर्षिय मनकुमारी नेपालीको ज्यान गएको थियो भने पहिरोका कारण स्थानीय मनकुमारी शाहीको घर पहिरोको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend