logo
  • शनिबार, असोज १० २०८३

वन डढेलोमा परि मृत्यु हुनेले सरकारी राहत पाएनन्


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,गुल्मी चैत ४ ।
बन डढेलोमा परि मृत्यु भएका परिवारले सरकारी तबरबाट राहत नपाएको प्रति जिल्ला वन कार्यालय गुल्मीका बन अधिकृत बिशाल घिमिरेले गुनासो गरेका छन् । जिल्ला वन कार्यालय गुल्मीकोले सञ्चालन गरेको सप्ताहव्यापी वन डढेलो ब्यवस्थापन सप्ताहको अन्र्तगत शुक्रवार गुल्मीका पत्रकारहरुसंग अन्र्तक्रिया कार्याक्रममा उनले यस्तो गुनासो गरेका थिए ।

गुल्मी जिल्लामा वनमा लागेको आगो निभाउने र आगोलागीमा परि ज्यान गुमाउनेहरुका आफन्तले सरकारी तबरबाट कुनै पनि राहत नपाएको प्रति दुख ब्यक्त गरेका हुन । गुल्मीमा गत ७ वर्षको अन्तरालमा बनमा लागेको आगो निभाउने र आगोलागीमा परि १० जनाको मृत्यु भएको छ । जिल्लाको हस्तिचौर गा.वि.स. वडा नं. ३ स्थित हस्तिचौर सामुदायिक वनमा मिति २०६६बैशाख १२ गते लागेको डढेलो निभाउने क्रममा हस्तिचौर गा.वि.स. वडा नं. ३ का रामलाल घिमिरे, अमर वहादुर कुंवर, देवकला खत्री, सिता कुवँर र धनकलाखत्री गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

आगोलागीमा वडागाउँ गा.वि.स. वडा नं. ६ को तिलेहार सामुदायिक वनमा २०६६ बैशाख ५ लागेको वन डढेलो निभाउने क्रममा घाइते भै बेहोस अवस्थामै उपचारको क्रममा वडागाउँ ८ कागोपाल सुनारको मृत्यु भएको थियो । उनिहरुलाई सरकारी तबरबाट सहयोगको लागी जिल्ला वन कार्यालय गुल्मीबाट आग्रह गरिए पनि कुनै पनि राहत प्राप्त नभएको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ । यस्तै २०७२ चैत २९ गते मामायागिरी गा.वि.स.मा पर्ने धैरेनी सामुदायिक वनमालागेको वन डढेलो निभाउने क्रममा आगोको लप्कोले जल्न गएका मलायागिरी गा.वि.स. वडा नं. १ काकमल खड्काको किर्तिपुर अस्पताल काठमाडौंमा उपचारको क्रममा २०७३ बैशाख ११ गते मृत्यु भएको थियो ।

गत वर्ष २०७३ बैशाख १७ मा दोहलीगा.वि.स.मा पर्ने जलुकीे खोला वनमालागेको डढेलो अनियन्त्रितभई निजि जग्गामा विस्तार हुँदा सो आगोको कारण दोहलीगा.वि.स. वडा नं. ५ कातुल्सीलामा गुरुङ्गको घट्नास्थलमै मृत्यु भएको थियो । सोही वनमा डढेलो निभाउने क्रममागम्भीर रुपले जल्नगई उपचारका लागि पाल्पा लैजाने क्रममा दोहलीगा.वि.स. वडा नं. ६ कालोकबहादुर गुरुङ्गको बाटोमै मृत्यु भएको थियो । वडागाउँ गा.वि.स. वडा नं. ६ को तिलेहार सामुदायिक वनवाट डढेलो विस्तार भई २०७३ बैशाख १८ गते वडागाउँ गा.वि.स. वडा नं. १ को कर्लाम सामुदायिक वनमा विस्तार भई अनियन्त्रित रुपमागाउँ वस्तीमा प्रवेश गरेको आगोको कारण सोही वडामा वस्ने वर्ष ६६ का मेहरसिं रास्कोटीको घटनास्थलमै मृत्युभएको थियो ।

वन डढेलो निभाउने क्रममा मृत्यु भएका परिवारहरुलाई हाल सम्म सरकारी क्षेत्रबाट कुनै सहयोग प्राप्त नहुनु अत्यन्तै दुखद पक्ष रहेको वन अधिकृत घिमिरेको भनाई रहेको छ । वन अघिकृत घिमिरेले भने ‘सरकारी क्षेत्रबाट कुनै खालको राहतको लागी बिभागमा पठाएका छौ तर हाल सम्म कुनै खालको राहत आएन्’ । वन डढेलो निभाउने क्रममा मृत्यु भएका परिवारलाई कुनै न कुनै राहत सरकारी तबरबाट आबश्यक रहेको अधिकृत घिमिरेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend