साझा नेटवर्क
साझा नेटवर्क,काठमाण्डौ चैत्र ४ ।
राम बन्जाडेको सब्द संगीतमा रहेको तथा राम बन्जाडे र पूर्णकला बिसी को स्वरमा रहेको अत्यन्तै मर्म स्पर्सि गीत ” दुवै आखा चिम्ली ” भन्ने बोल रहेको गीतको भिडियो सार्बजनिक भएको छ । अविरल फिल्मसले बजार ब्यबस्थापन गरेको गीत अविरल फिल्मस कै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
जन्म थलो अर्घाखाँची भै हाल कामको सिलसिलामा बेलायत बसोबास गर्दै आएका राम बन्जाडे सांगीतिक क्षेत्रका उदयमान नक्षत्र हुन्, बिदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतलाई औधी माया गर्ने उनले यो गीतको भिडियो निर्देशन गर्ने जिम्मा बुटवलमा रहेर सोचे भन्दा बढी ब्यस्त रहने निर्देशक बिष्णु भट्टराईलाइ दिएका छन ।
रामचन्द्र भट्टराईको छायांकन रहेको भिडियो बुटवल र पाल्पाको विभिन्न ठाउहरुमा छायांकन गरिएको छ , सगुन शर्मा ले श्रीन्गार गरेको भिडियोमा पछिलो समयकी अत्यन्तै ब्यस्त मोडल सारिका र बुटवलका चकलेटी मोडल नबिन को अभिनय देख्न सकिन्छ भने साथ् दिएका छन् बिजय खनालले , आफुलाई मन पर्ने मान्छे आफूबाट बिछोडियपछि को तड्पाईलाइ भिडियोमा समाबेश गरिएको छ । भिडियोले पक्कै पनि दर्शकको मन छुने निर्देशक बिष्णु भट्टराईको भनाइ छ ।
भिडियो हेर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend