साझा नेटवर्क
टिचन यात्री मगर, काठमाडौ चैत्र ३ ।
२०६८ सालबाट मेरो जिन्दगी बोलको लोक दोहोरी गित सँगै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका कलपना गुरुङ यतिबेला सांगीतिक क्षेत्रमा संर्घष गरिरहेकी छिन् । लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला सितापुर गाविस वडा नम्बर ६ मा जन्मिएकी गायिका कलपना गुरुङ बिगत केहि वर्षदेखी काठमाडौलाई आफनो कर्म थलो बनाउदै आएकि छिन् ।
मिठो स्वर सँगै गाउने क्षेमता भएको गायिका कलपना गुरुङ सांगीतिक क्षेत्रमा प्रवेश गराउनका निम्ति घर परिवार को मिठो साथ सहयोग र हाैसला रहेको साझा नेटवर्क संगको कुराकानिमा बताईन । त्यस्तै सांगीतिक क्षेत्रमा प्रवेश गरेको ६ वर्षको अन्तरालपछि गायिका कलपना गुरुङको दोश्रो नयाँ लोक दोहोरी गित सार्वजनिक भएको छ ।
मायाँ गर्छु छोडछु नभन् बोलको उक्त गितमा चर्चित गायक खुमन अधिकारी र कलपना गुरुङको स्वरले सजिएको छ । चर्चित सृजक तथा गायिका गायत्री थापाको उत्कृष्ट शब्द श्रीजनामा कपिला छिलाङ्गको लय रहेको छ । त्यस्तै म्युजिक भिडियोमा नायक सितल के.सी. र चर्चित मोडल सारिका के.सी.को अभिन्य रहेको छ ।
उक्त म्युजिक भिडियो गायत्री थापा र प्रविन रेसमी मगरले निर्देशन गरेका छन् भने करण चैसीरले छायांकन गरेका छन् भने प्रविन रेसमी मगरले सम्पादन गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend