logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा ३८ विधार्थीले अंग्रेजी विषयको परिक्षा दिएनन्


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी चैत ३ ।
आजबाट शुरु भएको माध्यामिक शिक्षा परिक्षा कक्षा– १० को परिक्षामा गुल्मीबाट ३८ जना बिद्यार्थी अनुपस्थित भएका छन् । पहिलो दिन अनिवार्य अंग्रेजी बिषयमा नियमित तर्फ छात्र ७ जना र छात्रा ५ जना गरि १२ रहेका छन् भने एक्जाम्टेड तर्फ छात्र १२ जना र छात्रा १४ जना गरि ३८ जना बिद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत हरि ज्ञवालीले जानकारी दिए ।
पहिलो दिनको परिक्षा गुल्मीमा मर्यादित र सभ्य रुपमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानकारी दिए । यस वर्ष गुल्मी जिल्लाबाट ५ हजार ३ सय ३७ जना बिद्यार्थीले रहेका छन् । नियममित तर्फ ५ हजार १ सय २ जना बिद्यार्थी र एक्जाम्टेड तर्फ १ सय ३१ र आंशिक तर्फ १ सय ४ जना बिद्यार्थी रहेका छन् ।
यस बर्ष प्राविधिक बिषयमा अध्ययन हुने जिल्लाका दुई वटा बिद्यालयका ४९ जना बिद्यार्थीले परिक्षा दिएका छन् । सिभिल इन्जिनियरिङ्ग बिषयमा अध्ययन हुने जनज्योति मावि रिमुवाबाट २८ र कृषी बिज्ञानमा अध्ययन हुने उदय मावि शान्तिपुरबाट २१ जनाले माध्यामिक शिक्षा परिक्षामा सहभागिता जनाएका छन् । यस वर्ष गुल्मी जिल्लाबाट १ सय १७ जना बिद्यार्थी माध्यामिक शिक्षा परिक्षा कक्षा– १० दिनबाट बञ्चित भएका छन् ।
बञ्चित हुने मध्ये छात्रा ६१ र छात्र ५६ रहेको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानकारी दिए । ७५ प्रतिशत हाजिर नपुगेका तथा विभिन्न कारणले बिद्यालय छोडेका बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका हुन । जिल्ला विभिन्न स्थान २७ परिक्षा केन्द्र रहेका छन् । परिक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली बनाएर अनुगमन गरिएको छ ।

शिक्षा समितिका पदाधिकारी, परिक्षा समन्वय समितिका पदाधिकारी, शिक्षासंग सम्बन्धित विभिन्न पेशागत संगठन, जिल्ला शिक्षा कार्यालयका कर्मचारी, बिद्यालय निरिक्षक,स्रोत व्यक्ति लगायतको अगुगमन टोली बनाएर बिभिन्न स्थानमा खटाइएको जिल्ला शिक्षा अधिकारी खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend