logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा माओवादी केन्द्र गुल्मीद्धारा सवै स्थानिय संगठन निर्माण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी चैत्र १।
नेकपा माओवादी केन्द्र गुल्मीले अन्य पार्टी र सरकारले भन्दा पहिला राज्य पुरसंरचना अनुसारको स्थानिय तहको संगठन निर्माण गरेको छ । जिल्लाका साविकका गाविसहरु जोडेर बनेको ९३ वटै वडा कमिटीको अधिवेशन सके लगत्तै जिल्लाका दुई वटा नगरपालिका र १० वटा गाउँपालिका अधिवेशन समेत सम्पन्न भई सकेको आज सो पार्टीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सो पार्टीका जिल्ला सह ईञ्चार्ज तथा पोलिट्व्यरो सदस्य सुदर्शन वरालले आफुहरुले संगठन सुदृढीकरण र सवै तहका संगठन विस्तार गरेर अव चुनावी माहौलमा उत्रिएको जानकारी दिए। उनले वडा तह र गाउपालिका तह सम्मको अधिवेशनमा जनलहर देख्दा पहिलो संविधान सभाको हैसियतमा आफ्नो पार्टीलाई स्थानिय तहको निर्वाचनले दावि गरे । साविकको गाविस सहित बनाईएको ९३ वटा वडामा भएको अधिवेशनमा सो पार्टीबाट जम्मा एक जना मात्र महिला अध्यक्ष भएको र अरु सवैमा पदाधिकारी रहेको नेता वरालले बताए । उनका अनुसार आँपचौरको वडा कमिटीमा सावित्रा खरेल अध्यक्ष भएकी हुन् ।

नेतृत्वमा कहाँ कहाँ को ?

माघ २६ गते गुल्मी दरवार गाउपालिकाको गाउँ सम्मेलनले यमवहादुर पाण्डेलाई अध्यक्षमा निर्वाचित गर्दै भव्यताका साथ सम्पन्न भएको छ । उक्त सम्मेलनले उपाध्यक्षमा डिल वहादु्र वि. क, सचिवमा रेम वहादर गाहा,सहसचिवमा विष्णु वि. क.र कोषाध्यक्षमा लालमति कुमाल सहित ३१ सदस्यीय गाउ कमिटि निर्वाचित गर्दै सम्पन्न भएको छ। कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य शुदर्शन वरालको प्रमुख आतिथ्यता रहेको थियो ।

फागुन १६ गते रेसुङ्गा नगरपालिकाको सम्मेलन साँस्कृतिक झाँकी एवम बाजागाजा सहित बाल मन्दिरको प्राङ्गगढमा नेकपा(माओवादी केन्द्र) का केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ।सम्मेलनबाट अशोक थापाको नेतृत्वमा ५७ सदस्यिय नयाँ समिति निर्वाचित भएको छ। जसको उपाध्यक्षमा धर्म बिश्वकर्मा सचिव गिरिसिंह महाकिम सह–सचिव कमला पुन र कोषाध्यक्षमा गीता थापा निर्बिरोध निर्बाचित भएका हुन । फागुन १६ गतेनै मदाने गाउँपालिकाको गाउँ सम्मेलनले वेगम चन्द वोहोरालाई अध्यक्षमा निर्वाचित गर्दैै सम्पन्न भएको छ।

कार्यक्रमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिनेश पन्थीको प्रमुख आतिथ्यता रहेको थियो। साथै उपाध्यक्षमा पे्रम कुवर, सचिवमा नारायण पौडेल, सहसचिवमा अग्नीधर चन्द,र कोषाध्यक्षमा राम कुमारी घर्तिसहित ३३ सदस्यीय गाउपालिका समिति चयन भएको छ।फागुन १९ मा मालिका गाउपालिकाकोे सम्मेलन केन्द्रिय कार्यालय सदस्य गिरीधारीलाल न्यौपानेको प्रमुख आतिथ्यतामा देविराम अर्याललाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ।

जसमा उपाध्यक्ष पे्रम भट्ट्राई, सचिव नोख वहादुर पौडेल, सहसचिव शोभा थापा र कोषाध्यक्ष चित्र वहादुर श्रीस सहित ४५ सदस्यीय गाउ समिति निर्वाचित भएको छ। फागुन १९ गतेनै छत्रकोट गाउपालिकाको गाउ सम्मेलन माओवादी केन्द्रका पोलिटव्युरो सदस्य वसन्त घर्तिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सम्मेलनले लोकनाथ पाण्डेको अध्यक्षतामा २९ सदस्यको गाउ पालिका समिती निर्वाचित गरेको छ ।

साथै उपाध्यक्षमा लक्ष्मण कडेल, सचिव सरोज पाण्डे र कोषाधक्षमा वीन वहादुर राना रहेका छन ।फागुन २१ गते सत्यवति गाउपालीकाको गाउ सम्मेलन खैरेनीमा सम्पन्न भएका्े छ ।सम्मेलनले जितु तरामु मगरको अध्यक्षतामा ..सदस्य गाउपालिका समिति निर्वाचित गरेको छ।जसमा उपाध्यक्ष लेखनाथ भण्डारी,सचिव कृष्ण भण्डारी,सहसचिव लाल वहादुर थापा र कोषाध्यक्ष टोपलादेवी थापा निर्वाचित गरेको छ। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज के सी को प्रमुख आतिथ्यता रहेको थियो ।

फागुन २१ गते धु्र्कोट गाउपालीकाको सम्मेलन केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त सम्मेलनले भुपाल पोखरेलको अध्यक्षतामा ४५ सदस्य सहितको गाउपालिका कमिटी निर्वाचित गरेको छ । जसमा यम वहादर कुवर उपाध्यक्ष,महेन्द्र वि. सी. सचिव, विष्णु कडेल सहसचिव र कमला घर्ति कोषाध्यक्षमा निर्वाचित भएका छन । फागुन २३ गते इस्मा गाउपालीकाको गाउँ सम्मेलन माओवादी केन्द्रका पोलिटव्यु्रो सदस्य दिनेश पन्थीको प्रमुख आतिथ्यतामा नरेन्द्र कुवरलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।

सम्मेलनले उपाध्यक्षमा कृष्ण रिजाल, सचिवमा वसन्त सुनार, सहसचिवमा श्याम वि क र कोषाध्यक्षमा विमला थापासहित निर्वाचित गरेको छ । फागुन २५ गते नै मुसिकोट नगरपालिकाको सम्मेलन सम्पन्न भयो । सम्मेलन गाउँपालिकाको केन्द्र वामीमा बृहत उपस्थितिका साथ सम्पन्न भएको हो । कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य वसन्त घर्र्तिको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनले खुम वहादुर थापाको अध्यक्षतामा ५७ सदस्यीय नगरसमिति निर्वाचित गरेको छ । जसमा भुवन के.सी.उपाध्यक्ष, युवराज खरेल सचिव,दुर्गा वि. क. सहसचिव र कमला कार्कि कोषाध्क्षमा निर्वाचित गरेको छ ।

फागुन २८ गते रुरु गाउँपालिकाको सम्मेलनले नारायण पौडेलको अध्यक्षतामा ४५ सदस्यीय गाउपालिका समिति निर्वाचित गरेको छ। उक्त कार्यक्रममा केन्द्रिय कार्यालय सदस्य तथा ५ नं.प्रदेश संयोजक जग प्रसाद शर्मा( अपार )को प्रमुख आतिथ्यता रहेको थियो ।जसमा भेलाले क्रमश हरी प्रसाद ज्ञवाली, वसन्त बहादुर क्षेत्री,परमानन्द ज्ञवाली र निर्मला श्रेष्ठ क्रमशः उपाध्यक्ष, सचिव,सहसचिव,र कोषाध्यक्षमा निर्वाचित गरेको छ ।

फागुन २८ गतेनै चन्द्रकोट गाउपालिकाको सम्मेलन भव्यताका साथमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनले टंक वहादर क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यसहीतको गाउपालिका समिति निर्वाचित गरेको छ । जसमध्ये शिवलाल पोखरेल उपाध्यक्ष,कृष्ण वहादुर थापा सचिव, सुमित्रा क्षेत्री सहसचिव र भिमसेन पौडेल कोषाध्यक्षमा निर्वाचित भएका छन । फागुन २९ गतेनै कालिगण्डकी गाउपालिकाको गाउ सम्मेलन अर्वेनीमा सम्पन्न भयो ।

सम्मेलनले तेजेन्द्र सलामी मगरको अध्यक्षतामा ४५ सदस्य गाउपालिका समीती निर्वाचित गरेको छ। जसमा उपाध्यक्ष ओम वहादुर न्यौपाने,सचिव मोहनीलाल भट्टराई, सहसचिव मञ्जु दर्लामी, र कोषाध्यक्षमा ईश्वरी वि. क.रहेका छन । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend