साझा नेटवर्क
चोम बिष्ट, रोल्पा चैत १।
पातिमेला खानेपानी तथा सरसफाइ योजना गुम्चाल हार्जङ गाबिस वडा न ६ रोल्पामा अन्तिम सार्वजनिक सुनुवाइ तथा समुद्धघाटन समारोह सम्पन्न भएको छ । २०७३साल जेठ दस गतेबाट सुरु भएको परियोजनाको बारेमा सार्वजनिक गरिएको हो। कार्यक्रममा हरिकृष्ण हमालले परियोजनाको आयव्यय सार्वजनिक गर्नु भएको थियो।
कार्यक्रममा सामुदायको तर्फबाट ४४३९० श्रमदान बाट १०८६६९१ गाबिस अनुदानबाट २६६३४५ जिबिस बाट १७७५६३ नेपाल सरकारबाट १४५४१७९ फिल्याण्ड सरकारबाट १४५४१७९ गरि ४४३९०९९ कुल लागत खर्चमा यो परियोजना सम्पन्न भएको सार्वजनिक गरिएको छ। यो परियोजनाले राजिपाती दाङबासा बस्तीमा बिगत देखि खानेपानीको अभाव रहेको र विभिन्न समस्या झेल्दै आएको गाउँ र अहिले यो कार्ययोजना सम्पन्न हुदा खानेपानी ३१ घरधुरी लाभान्वित भएका छन। यो खानेपानी पातिमेला देखि कुलडाडा सम्मको कुल दुरि २५७ मिटरको उचाई सम्म सुर्यदिप उर्जा प्रालीबाट सोलार ८३२० वाट क्षेमताको सोलार पम्पबाट संचालित गरिएको छ।
उक्त संचालित भएपछि त्यहाका गाउँ बस्तीमा रहेका स्थानीय हर्षित भएका छन। उनीहरुले कहिले नसोचेको सपना पुरा भएको महसुस गरेका छन । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना र जिविस रोल्पाबाट संचालित पातिमेला खानेपानी तथा सरसफाइ योजना गुम्चाल ६ राजिपातीमा उपभोक्ता समितिका अध्यक्ष मनसर बुढाथोकी क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि चिफ टेक्निकल एड्भाइजर सान्नालिना राउटेनेन रहनु भएको थियो ।
विशेष अतिथी चन्द्र भक्त बिष्ट रहनु भएको थियो यसैगरी अतिथिहरुमा सरसफाइ फोकल पर्सन का दामोदर प्रसाद सुवेदी,जिल्ला परियोजना अधिकृत भोलानाथ आचर्य,टेक्निकल फ्यासिलेटर सत्यराज पाण्डे,प्रहरी चौकी गुम्चाल इन्चार्ज चक्रराज राणा,स्थानीय शान्ति समितिका संयोजक देब बहादुर बुढाथोकी नेपाली काङ्ग्रेसका गुम्चालका सभापति बिग बहादुर बिष्ट,नेपाल कम्युनिस्ट पाटी माओवादी गुम्चाल संयोजक यमलाल बिष्ट,राप्रपाका खुम बहादुर रोका,फिल्ड संयोजक हरिकृष्ण हमाल,सब इन्जिनियर दुर्ग बहादुर बिष्ट,असिस्टेन्ट सब इन्जिनियर सुशील प्रकाश सुनार,असिस्टेन्ट सब इन्जिनियर मोहनसिङ ओलि,स्वास्थ प्रबन्धक डुम्रीराज शर्मा,गाबिस अध्यक्ष तथा सचिव दिल बहादुर बुढाथोकी लगाएतको अतिथित्व रहेको थियो।
कार्यक्रममा उपभोक्ता समितिका सदस्य सदस्य सेमसर बुढाथोकीले स्वागत मन्तव्य दिनु भएको थियो। अनुगमन गर्दै चन्द्रभक्त बिष्ट र सन्नालिना राउटेनेनले छोटो समयमा राम्रो सफलतापुर्वक कार्य सम्पन्न भएकोमा उपभोक्ताहरुलाई बधाई दिनु भएको थियो। मन्तव्यको क्रममा बिग बहादुर,खुम बहादुर रोका,यमलाल बिष्ट, हार्जङ गाबिसबाट प्रतिनिधि कर्ण बहादुर रोकामगर,बुद्धिजिवि मन बहादुर बुढाथोकी,झुठे बिष्ट महिला प्रतिनिधिबाट पेनमला बिष्ट,सुनमला थापा लगाएतले एउटा वडा गाउँको मात्रै नभै गाबिसको उदाहरणिय कार्य भएको बताएका थिए।
कार्यक्रम मनसर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन चन्द्रप्रकाश थापाले गर्नु भएको थियो। कार्यक्रममा त्यहाका स्थानिय विभिन्न राजनीतिदल बुद्धिजिवि,समाजसेवी लागाएतको बाक्लो उपस्तिथि रहेको त्यहाबाट चोम बिष्टले जानकारी दिएका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend