logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली महिला समाज कतारले १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस मनायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दोहा, फागुन २९।
परिवर्तनको लागी साहस भन्ने मुल नाराको साथ १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस नेपाली महिला समाजकी अध्यक्ष सुस्मिता भट्टराई भुषालको अध्यक्षता तथा व्यवसायी तथा समाजसेवी माया के सी को प्रमुख आथित्यमा दोहाको ढाका रेस्टुरेन्टको सभा हलमा सम्पन्न गरेको छ । व्यानर अनावरण तथा दीप प्रज्वलन गरी सुरु गरिएको कार्यक्रममा समाजकी महासचिव अम्बिका खत्रीको सञ्चालन तथा समाजकी प्र उपाध्यक्ष अमीना खानको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा महिला ईन्जिनियर , महिला व्यवसायी ,महिला पत्रकार ,कतारमा रहेका सामाजिक ,जातिय , धार्मिक बैचारिक संघ संस्थाहरुको साथै समाजसेवी , बुद्धिजिबीहरु र महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा समाजकी दी उपाध्यक्ष जानुका बस्नेत खड्काले अन्तर्राष्ट्रिय नारी दिवस के कती कारण बाट सुरु भएको हो भन्ने ईतिहासलाई प्रष्ट पार्दै नेपालमा महिलाहरुको अवस्था बारे जानकारी गराएकी थिईन ।
कार्यक्रममा लमजुङ सेवा समाज , ईलाम सेवा समाज , सन्ध्या गुर्प अलखोर ,पत्रकार महासंघ शाखा कतार, गैर आवसिय नेपाली संघ राष्ट्रीय परिषद कतार , नेपाली मुस्लिम समाज कतार , तामाङ महिला बिभाग ,तराई मधेस लोकतान्त्रिक , नेपाली एकता समाज कतार , प्रवासी नेपाली मन्च कतार ,जन सम्पर्क समिती कतार , ईन्जिनियर दिपिका थापा, ईन्जिनीयर सुमिता शर्मा ,महिला श्रमिक सितल परियार , लोक दोहोरी गायिका देबिका के सी , भुतपुर्व नेपाली महिला समाजकी अध्यक्ष रेखा राई लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने प्राय महिलाहरुले अहिलेको नेपाली समाजलाई हेर्दा पहिले जस्तो महिलालाई हेरिने केहि दृष्टिकोण शहर बजारमा मात्र फेरिएको तर विकट क्षेत्रहरुमा अझैपनी मानसिक, लैङगिक हिंसा हुने गरेकोमा चिन्ता व्यक्त गरेका थिय । समाजले गल्फ टाईम दैनिकमा कार्यरत कतारमा एक मात्र नेपाली महिला पत्रकार उषा गौतम वाग्लेलाई दोसल्ला र प्रशंसा पत्रबाट सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माया के सीले १०७ औ अन्तर्राष्ट्रिय नारी दीवसको शुभकामना दिदै महिला यो सृष्टीको प्रकाशको किरण रहेको जिकिर गर्दै एक महिलाले धेरै किसिमका जिम्मेवारी निभाउनु पर्ने र यो क्षमता महिलामा मात्र रहेको कुरामा गर्व गर्दै वीश्वको विकासित मुलुकहरुमा पनी अझै पुरुष सरह समान हक अधिकार पाउन नसकिरहेको कुरामा दुःख व्यक्त गर्दै नेपालको हकमा पहिले पहिले भन्दा समाजले महिला प्रति गर्ने र हेर्ने दृष्टिकोणमा परिवर्तन भएको बताउनु भयो ।

कार्यक्रमको समापनमा बोल्दै समाजकी अध्यक्ष सुस्मिता भट्टराई भुषालले अमेरिका देखी मार्च ८ मा श्रमिक महिलाहरले उठाएको हक अधिकारको कुरालाई स्मरण र सम्मान गर्दै हामी महिला हरु नै आफ्नो हक अधिकारको लागी लडाइँ गर्नु पर्ने बताउनु भयो । हाम्रो देशेमा महिलाको अवस्थालाई हेर्ने हो भने हामिलाई अवसर दिन र अयोग्य ठान्ने हरुलाई राष्ट्रका प्रमुख तीन अंगमा रहेका नारिहरुको काम कुसलताले झापड हानेको कुरा राख्दै यसले हामिलाई अझै ससक्त, परिवर्तन शिल र आत्मा निर्भर हुने प्रेरणा मिलेको कुरा बताउनु भयो ।

साथै १०७ औ अन्तर्राष्ट्रिय नारी दीवसको शुभकामना व्यक्त गर्दै उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । समाजले कार्यक्रममा उपस्थित सबैलाई रात्री भोजको पनी आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend