साझा नेटवर्क
बाबुराम थापा, मलेसिया।
गुल्मी पिपलधाराबाट हाल देश तथा बिदेशमा छरिएर रहेका युवाहरु सांस्कृतिक सम्पदा संरक्षणमा एकजुट भएका छन । जीर्ण अवस्थामा रहेको सांस्कृति एवं परम्पराको धरोहर श्री खड्क छत्रकोट मन्दिर निर्माणमा युवाहरु लागिपरेका छन । पिपलधाराको मुख्य स्थानमा रहेता पनि स्थानिय राजनैतिक किचलोका कारण ओझेलमा परेको धार्मिक स्थल पुनर्निर्माण समिति गठनगरि युवहरुले अभियान चलाएका हुन ।
वि स २०४६ सालमा चौबिसे राज्य अन्तर्गत धुर्कोटकोटको शाखाको रूपमा स्थापना भई मिति २०७१ जेठ १२ गते नेपाल सरकार अन्तर्गत जिल्ला प्रशासन गुल्मीमा दर्ता समेत भएको छ। गाउँको पुरानो धार्मिक सम्पदा जीर्ण अवस्थामा पुगेता पनि सरकारी एवं स्थानिय राजनीतिक दलको उपेक्षामा परेपछी विक्रम खड्काको संयोजकत्वमा २५ सदस्यीय समिति बनाएर अभियान संचालन गरेकाछन ।
समिति सचिव-मा शैलेश कुमार कार्क़ी त्यस्तै सदस्यहरुमा कृष्ण खनाल(जापान),निरन्जन खड्का (दुबई),राजेन्द्र खड़का (मलेसिया),शैलेंद्र थापा (काठमाडौ),कमल जिसी (दुबई),बाबुराम थापा (मलेसिया) ,कमल जिसी (काठमाडौ,कुलेंद्र जिसी (काठमाडौ),अर्जुन ज्ञवाली(बुटवल),प्रविन केसी (जापान) ,उमेश खड़का (भारत),हिमाल जिसी (जापान),रीता खड़्का (बुटवल),राधा खड़्का (काठमाडौ),पुस्कर खड़का (कपिलवस्तु), सूर्य खड़का (गुल्मी),बाबूराम खड़का(गुल्मी) ,बद्री थापा ,युवराज खड़का ,लक्ष्मण खड़का,शालिकराम बिश्वकर्मा (कतार) ,शुभास महत (जापान),रमेश खड्का (भारत ) रहनु भएकोछ। उक्त श्री खड्का छत्रकोट निर्माणमा अनुमानित १५ लाख लागत लाग्ने संयोजक विक्रम खड्काले बताउनु भयो ।
यो पवित्र अभियानमा उत्साहजनक सहयोग उपलब्ध भइरहेको र हाल ८ लाख सहायोंग राशीको प्रतिबद्धता भएमा ३ लाख ५० हजार आर्थिक सहयोग रकम मन्दिर निर्माण समितिमा आइसकेको समिति सचिव शैलेश कार्कीले जानकारी गराउनु भयो । सहयोग संकलन सामाजिक संन्जाल समेत प्रयोग गरि आर्थिक संकलनलाई पारदर्शी सवै माँझ पुर्याउने समितिले जनाएको छ । सहयोग सिमा केहिदिन भित्र रहने तथा शिलान्यास गर्ने जानकारी दिदै सहयोगको लागी अनुरोध समेत गर्नु भएको छ ।
मन्दिर पुनर्निर्माण कार्य छिटो संचालन गरिने संयोजक बिक्रम खड्काले जानकारी दिनुभयो। साथै आर्थिक सहयोग रू .एकाउन्न सयभन्दा माथि गर्नेलाई सम्मान तथा ताम्ररपत्रमा आजीवन रहने गरि नाम समेत लेखिनेसम्मको निर्णय भएको सचिव शैलेश कार्कीले जानकारी दिनुभयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend