साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी फागुन २८।
रीडी रुद्रवेणी वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । शुक्रबार बिहानै बाट परेको बर्षाको कारण वामी ९ शेरामा एक ट्रक फसेको कारण यातायात अबरुद्ध भएको हो । सडक अबरुद्ध भइ यातायात सञ्चालन हुन नसकेको करिब २४ भण्टा भनदा बढी भैसक्दा पनि अझै सुुचार हुन सकेको छैन ।
प्रहरी चौकी वामीका प्रमुख लाल कुमार श्रेष्ठले सडक खुलाउनको लागि स्काभेटर पठाउने प्रयास भइरहेको बताउनुभयो । उहाँँले आज पनि सडक खुल्न नसक्ने बताउनुभयो । यसैबिच मोटरबाटो निर्माणको जिम्मा पाएका ठेकेदार भागवत गीरीलाइ सम्पर्क गर्दा उहाँले आफुलाइ सडक अबरुद्ध भएको बारे कुनै जानकारी नभएको बताउनुभयो ।
यसैबिच बर्षाले सडक हिलाम्य भएको कारणा समस्या उत्पन्न भएको छ । पानी नपर्दा धुलोले समस्या हुने सडकमा पानी परेपछि हिड्नै नसक्ने गरी हिलो थुप्रिएको छ । जसले गर्दा यात्रा निकै असहज भएको छ ।
देशकै धेरै ब्यस्त मध्यको ग्रामिण क्षेत्रको सडक अबरुद्ध हुँदा बुटवल देखी बाग्लुङ्गको बुर्तिबङ्ग लगायत धेरै क्षेत्रमा पुग्ने यात्रुहरुलाइ समस्या उत्पन्न भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend