logo
  • शनिबार, असोज १० २०८३

सोलिडारिटी इन्टरनेशनलले गर्यो १० विधालय पुनर्निर्माण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, फागुन २८।
अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले भुकम्पबाट क्षतीग्रस्त भएका दश बिद्यालय पुनर्निर्माण गरेको छ । सोलुखुम्बु जिल्लामा सात, दोलखामा एक, नुवाकोटमा एक र सिन्धुपाल्चोकमा एक गरी जम्मा दश बिद्धालय पुनर्निर्माण गरेको जानकारी दिएको हो ।

रोटरी अमेरिका, रोटरी अष्ट्रेलिया, रोटरी स्वीजरल्याण्ड, रोटरी नर्बे र रिबिउल्ड एड प्रोग्रामको करिब ३ करोड आर्थिक सहयोगमा दश बिद्यालय पुनर्निर्माण भएको सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए । साथै पुनर्निर्माणको क्रममा हङकङकी सुकी लामले करीब २३ लाख सहयोग गरेको र उक्त रकमले रामेछापको थुन्सिङमा एक बिद्धालय पुनर्निर्माण भई रहेको जानकारी दिए ।

त्यसैगरी संस्थाले थप दश बिद्यालय पुनर्निर्माण र एक सय कक्षा कोठा मर्मतको तयारी गरेको गरेको छ । २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पबाट करिब ३५,००० कक्षा कोठा क्षतिग्रस्त भई १० लाख विद्यार्थी बिद्धालय जानबाट बन्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend