logo
  • शनिबार, असोज १० २०८३

अर्घाखाँचीमा १३ वर्षिया बालिकाले गरीन आत्महत्या


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जितेन्द्र खत्री, अर्घाखाँची फागुन २६ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा १३ वर्षिया बालिकाले आत्महत्या गरेकी छिन् । सन्धिखर्क नगरपालिका १ निवासी नारायण कण्डेलकी १३ पर्षीय छोरी सेरिया कणेलले आफ्नै घरको कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

१०७ औं अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाइरहेको बेला बालिका गरेको आत्महत्याको कारण खुल्न सकेको छैन । सेरियाले सन्धिखर्कमा रहेको रवि चित्र उच्च म वि हटारीमा कक्षा आठमा अध्ययन गर्दै आएकी थिईन् । सेरियाको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरीले बताएको छ । सेरियाका बाबु नारायण कण्डेलले सन्धिखर्कमा ईलेक्टोनिक्स पसल गर्दै आउनुभएको छ । पछिल्लो समय अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend