साझा नेटवर्क
प्रेम सुनार गुल्मी,फागुन २६ ।
नेकपा माओवादी केन्द्र गुल्मीको प्रथम मुसिकोट अधिवेशनले सो पार्टीका युवा नेता खुमबहादुर थापा (अशोक )लाई अध्यक्ष पदमा सर्वसम्म निर्वाचित गरेको छ।
उपाध्यक्षमा वामीका भुवन केसी, सचिवमा आँपचौरका युवाराज खरेल,सह–सचिवमा नेटाका दुर्गा बिक र कोषाध्यक्षमा वामीटक्सारका स्वर्गिय वसन्त कार्कीकी धर्म पत्नी कमला कार्कीलाई सर्वसम्मत चयन गरिएको छ ।अधिवेशनले ५७ सदस्यी मुसिकोट गाउँ कमिटी गठन गरेको सो पार्टीका २ नम्वर क्षेत्रिय कमिटी संयोजक तथा केन्द्रिय सदस्य बुद्धि जिसीले जानकारी दिए ।
अधिवेशनको उद्घाटन पोलिट्व्यरो सदस्य वसन्त घर्तिले गरेका थिए भने नवनिर्वाचित कमिटीलाई जिल्ला सह ईञ्चार्ज सुदर्शन वराल लगायतका नेताहरुले सपथ खुवाएका थिए ।अधिवेशन वामीटक्सार बजारमा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष थापा केन्द्रिय आयोजक कमिटी सदस्य तथा ९ नम्वर ईलाका ईञ्जार्च समेत हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend