logo
  • शनिबार, असोज १० २०८३

अर्घाखाँचीको स्थानिय निकाएको चुनाव गराउने ठुलो धोको थियो : प्रजिअ कटुवाल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जितेन्द्र खत्री, अर्घाखाँची फागुन २५ ।
अर्घाखाँची जिल्लामा गएको अशौज ६ गते जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका कृष्णबहादुर कटुवाललाई नेपाल सरकारले सप्तरीको घटनालाई न्युनिकरण गर्नका लागी योग्य ठानेर सरुवा गरेसँगै आज कर्मचारी मिलन केन्द्रको आयोजनामा विदाई गरिएको छ ।
विदाई कार्यक्रममा जिल्लामा आफु रहुन्जेल सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुभएको छ । कटुवालले अर्घाखाँची जिल्लामा आएको ४ महिना भएपनि ४ दिन जस्तो भयो, उहाँले भन्नुभयो । उहाँले अर्घाखाँची जिल्लाको स्थानिय निकायको चुनाव गराउने ठुलो धोको थियो, विशेष परिस्थितीका साथ सप्तरी जानुपर्ने भयो, सप्तरी गएपनी अर्घाखाँची जिल्लालाई भुल्नेछैन, कटुवालले भन्नुभयो ।

जिल्लामा रहुन्जेल आफनो कार्यकालमा सहयोग गर्नुहुने राजनितिक दल, जिल्लाका सवै कार्यालय, नागरिक समाज, पत्रकार लगाएत सम्पुर्णलाई धन्यवाद दिनुभयो । स्थानिय विकास अधिकारी प्रदि पौडेल, प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला लगाएतले सफल कार्यकालको शुभकामना दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कान नेकपा एमालेका जिल्ला उपाध्यक्ष जिवनारायण कोईराला, माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विक,राष्टिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमवहादुर जिसी लेकाली, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम कर्मचारी मिलन केन्द्रका कार्यवाहक अध्यक्ष नारायण खत्रीको अध्यक्षता, हरिष चन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend