logo
  • शनिबार, असोज १० २०८३

तम्घासमा गुल्यो उच्च सुविधा सम्पन्न होटल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार गुल्मी, फागुन २२ ।
आन्तरिक वाह्य पर्यटक भित्राउने उद्देश्यका साथ गुल्मीको सदरमुकाम तम्घासमा यहिले सम्मकै उच्च सुविधा सम्पन्न होटल हालै सञ्चालनमा ल्याएको छ ।तम्घासको वसपार्क देखि माथी र माईकास्थान देखि तल महिला विकास कार्यालय अगाडी युवा उद्यमी निरज मरासीनीले होटल एभरग्रिन सञ्चालनमा ल्याएका हुन् ।
केहि वर्ष अघि देखि तम्घासको क्याम्पस रोड लाईनमा सञ्चालनमा ल्याएको होटल एभरग्रिनलाई त्यहाँबाट सार्दै र त्यसको तेव्वर लगानी बृद्धि गर्दै तम्घासमा सवै भन्दा उच्च सुविधा सम्पन्न होटल सञ्चानमा ल्याएको सञ्चालक मरासीनीले दावि गरेका छन् ।विशिष्ट व्यक्तिहरुलाई लक्षित गदैं सञ्चालनमा ल्याईएको होटल एभरग्रिनमा एसी सहितको डिलक्स रुम , सेमीनार हल , किचन सहितको अट्याच रुम र प्रशस्त पार्किङ्ग सुविधा रहेको छ । होटल एभरग्रिनमा गाडीको समेत सुविधा रहेको छ । त्यस्तै लामो समय सम्म बस्ने पाहुना वा अरुले पकाएको नखाने धार्मिक व्यक्तिहरुले किचन सहितको अट्याच रुममा आफै पकाएर खाने वस्ने सुविधा पनि रहेको छ । तम्घासका होटलहरु मध्ये सवै भन्दा बढि ८ वटा अट्याच रुम भएको र शान्त अनि एकान्त स्थान रहेकोले पनि होटल एभरग्रिनले विशेष गरी विशिष्ट व्यक्तिहरुलाई आकर्षित गर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend