logo
  • शनिबार, भाद्र २० २०८३

कतार नेपाली एकता समाज महिला विभाग द्रारा १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न ।


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर दोहा कतार
कतार नेपाली एकता समाज महिला विभागद्धारा आयोजित वृहत वनभोज तथा १०७ औं अन्तर्रासिष्ट्रय श्रमिक महिला दिवस भव्यसव्य,सम्पन्न भएको छ । कार्यक्रम सन्चालक विभागका सचिव सन्जु सुन्दासको रहेको थियो भने कार्यक्रमको अध्यक्षता अमिना खानले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी एकता समाजका अध्यक्ष लुमाकान्त पुन,अतिथी दावा लामा,खिम बूढा मगर, पुर्व का.वा अध्यक्ष टुकनाथ शर्मा,धन बहादुर परियार,अन्तर्राष्ट्रिय एकता समाजका सल्लाहाकार अर्जुन थापा मगर,वुद्धिजीवी विभागका कमल अचार्य र एकता समाजका सम्पूर्ण एरिया इकाई समितिका पदाधिकारीहरुको आतिथ्य रहेको कार्यक्रम देशका लागि केहि गर्नुपर्छ भन्ने सोच लिएर आगाडी बढेका ज्ञात अज्ञात शदिहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चात कार्यक्रम विधिवत रुपमा अगाडी बढेको थियो । कार्यक्रमलाई यसै महिला विभागका कोषाध्यक्ष रेणुका कार्कीले सम्पूर्ण यस वनभोज तथा १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सफल पार्नु आउनु भएका उपस्थित महानुभावलाई शब्दले स्वागत गर्नु भएको थियो । त्यस्तै गरी अन्तर्राष्ट्रिय महिला दिवस किन मनाईन्छ भन्ने सन्दर्भमा महिला विभागका उपाध्यक्ष जानुका बस्नेत (खड्काले) स्पस्ट पार्नु भएको थियो । त्यसलाई थप स्पष्ट पार्दै भन्नु भएको छ नेपाली महिलाले दशकौंदेखि आफ्नो स्वतन्त्रता समान्ता र मुक्तिको लागि संगठितरुपमा संघर्ष गर्दै आईरहेका छन् । तर प्रतिकृयावादी राज्यव्यवस्थाले उनीहरुप्रति सधै उपेक्षाको निती अपनाउदै आईरहेको छ र उनीहरुमाथि भईरहेको भेदभाव अन्ययाय अत्यचार शोषण दमन अहिले पनि विद्दमान छ र महिलामाथिको हिंसा दिनानुदिन बढिरहेको छ।

यसका लागि हामी महिलाहरु एकजुट हुन अति जरुरी भएको वहाँले प्रस्ट पार्नु भएको थियो । अन्तमा कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा सु–सम्पन्न भएको अध्यक्ष अमिना खानले बताउदै समापन भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend