logo
  • शनिबार, असोज १० २०८३

वामीका शिक्षक रिजालले शिक्षक संघ गुल्मीको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी फागुन २० ।
वामीका शिक्षक मृगेन्द्र प्रसाद रिजालले हुँदै गरेको शिक्षक संघ गुल्मी जिल्ला अधिबेशनमा उम्मेद्वारी दिने हुनुभएको छ । यही फाल्गुण २० र २१ गते हुने शिक्षक संघ गुल्मीको जिल्ला अधिबेशनमा उहाँले उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो ।
शुक्रबार र शनिबार गरी दुइ दिन सम्म हुन गइरहेको अधिशेनमा उहाँले उम्मेद्वारी दिन लाग्नुभएको जानकारी दिनुभयो । उहाँले शिक्षकहरुले पाएका, प्राप्त गर्नुपर्ने, र प्राप्त गर्न नसकिएका हक अधिकार र गर्नुपर्ने दायित्वहरुको प्रति कटिबद्ध हुँदै उम्मेद्वारी दिन लाग्नुभएको जानकारी दिनुभयो ।

शिक्षकका हक हित र दायित्व पुरा गर्नका लागि प्रतिबद्धता सहित मैले उम्मेद्वारी दिएको हुँ, उहाँले भन्नुभयो । बर्षाै देखी वामीमा रहेको महेन्द्र आदर्श उमाबि गणित बिषयको शिक्षकको रुपमा शिक्षण कार्यमा लागिरहनुभएका उहाँ हाल मात्रै माबि तहको द्धितिय तहमा बढुवा समेत हुनुभएको छ ।

उहाँ शिक्षण लगायत अन्य धेरै सामाजिक कार्यमा पनि समावेश भइ काम गरिहनुभएको छ । उहाँले आफ्नो उम्मेद्वारीलाइ सबैले स्वीकार गरी बिजयी गराउनुहुन आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend