logo
  • शुक्रबार, असोज ९ २०८३

अनेरास्ववियुको विजयीपछी अविर यात्रा (फोटो फिचर)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी फागुन १९ ।
बुधवार भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा गुल्मी जिल्लाकै धरोहरका रुपमा रहेको सदरमुकाम तम्घासमा अबस्थित पहिलो क्याम्पस रेसुङ्गा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको संयुक्त प्यानल बिजयी भएको छ । बिहिवार बिहानबाट मत गणना शुरु भएको थियो ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलबाट उनि श्रीराम महतले कुल मतको ६० मतान्तरले निर्वाचित भएका हुन महतले ३ सय ६१ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत बुद्धराज न्यौपानेले जानकारी दिए । सभापतिमा नेबिसंघबाट तोमलाल पन्थीले ३ सय १ मत ल्याएर पराजित भएका छन् । गुल्मी जिल्लाको पहिलो क्याम्पसको रुपमा रहेको उक्त क्याम्पसमा पहिलो पटक कम्युनिष्टको भात्रिसंगठनले जित हात पारेको हो ।
२०४१ साल देखि स्ववियू निर्वाचन हुदै आएको उक्त क्याम्पसमा दुई पटक सभापति जिते पनि पुरै प्यानल भने पहिलो पटक जिते हो । जिल्लाकै सबैभन्दा वढी बिद्यार्थी र पहिलो क्याम्पसको रुपमा स्थापित क्याम्पसमा रहेका कुल ७ सय ५४ जना बिद्यार्थी मध्ये ६ सय ७० जना बिद्यार्थीले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए । संयुक्त प्यानलबाट सचिवमा पनि संयुक्तकै नविन अर्यालले सवै भन्दा बढि ३ सय ८१ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिद्धन्द्धी रोशनसिंह ठकुरीले २ सय ७२ मत ल्याएका थिए । कोषाध्यक्षमा विपना सुर्यबशीले २ सय ७३ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्धन्द्धी पुनाराम घिमिरेले ३ सय २६ मत ल्याएका थिए । सदस्यमा संयुक्त प्यानलका सवै सदस्यहरु अध्याधिक मत ल्याएर विजयी भएका छन् । दिपक कुँवरले ३ सय ४८ मत ल्यार सदस्यमा विजयी भएका छन् । , लक्ष्मी अर्यालले ३ सय ४० मत ल्याएकी छिन् ।
रमेश भण्डारीले ३ सय ३८ मत , सन्दिया भुजेलले ३ सय ३५ मत , हर्कबहादुर बिकले ३ सय ३९ मत लएका छन् । विजयी विद्यार्थीहरुलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष शालिक पन्थी , क्याम्पस प्रमुख हरिबहादुर थापाले अविर पहिराउँदै बधाई एवं सफल कार्याकालको शुभकामना दिएका थिए । जिल्लाकै सदरमुकामकै क्याम्पसमा जित हात पारेपछी कम्युनिष्ट गठबन्धका जिल्ला पार्टी नेताहरुले बिजयी र्याली उत्सव मनाएका छन् । जिल्ला तहका नेताहरुले जिल्लाकै क्याम्पसमा जित्नुले ठुलो उपलब्धी भएको बताएक छन् ।

यस्तै गुल्मीको रिडी बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा रामप्रसाद पोखरेल सभापतिमा निर्वाचित भएका छन् । बुधवार बिहान भएको निर्वाचनमा अनेरास्वबियुका पोखरेल सहित सबै प्यानलै बिजयी भएको निर्वाचन अधिकृत पवन ज्ञवालीले जानकारी दिए । गुल्मीमा ३ वटा क्याम्पसमा निर्वाचन भएको थियो भने ३ वटा क्याम्पसमा सहमती भएको छ ।

जिल्लाका ४ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ । धुर्कोट स्थित परमानन्द बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अखिल क्रान्तीकारी शितल थापाको प्यानल निर्वाचित भएका छन् । नेपाल बिद्यार्थी संघ र अखिल क्रान्तीकारीको गठबन्धनबाट श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रानिवासमा क्रान्तिकारीका किशन पाण्डेय निर्वाचित भएका छन् ।

बिभिन्न संगठन बिच भएको सहमतीमा जिल्लाको जनज्योति बहुमुखी क्याम्पस पुर्कोट दहमा अनेरास्वबियु क्रान्तिकारीकी सृजना घिमिरे, रुरु सँस्कृत बिद्यापिठमा नेविसंघका सुरेश रिजाल सभापतिमा निर्वाचित छन् । शान्तिपुर स्थित चन्द्रकोट बहुमुखी क्याम्पसमा पालै पालो नेतृत्व हस्तातरण गर्ने सहमती भएको क्याम्पसले जनाएको छ । सहमती अनुसार अनेरास्वबियुका बिमला गौतम सभापतिमा निर्वाचित भएका छन् ।

गुल्मीमा बिभिन्न क्याम्पसमा भएको निर्वाचनमा अखिल क्रान्तिकारीले ३ वटा क्याम्पस अनेरास्वबियुले ३ वटा क्याम्पस र नेपाल बिद्यार्थी संघले १ क्याम्पसमा निर्वाचित भएको छ । बिभिन्न बिद्यार्थी संगठनको अबरोधका कारण सत्यबती बहुमुखी क्याम्पस हसरा, मानका टिकाराम बहुमुखी क्याम्पस तुराङ्ग, रुद्धाबती बहुमुखी क्याम्पस वामीटकसार र आर्दश बहुमुखी क्याम्पस दिगाममा स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend