साझा नेटवर्क
कुसुम नेपाली, गुल्मी फागुन १९ ।
रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीको ईतिहाँसमा पहिलो पटक नेपाल विद्यार्थी संगठनको किल्लालाई कम्युनिष्ट विद्यार्थीहरुले तोडेका छन् । नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रन्तिकारी) को संयुक्त प्यानबाट सभापतिका उमेदवार अनेरास्ववियुका श्रीराम महतले ३ सय ६१ मत ल्याएर प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका टोमलाल पन्थीलाई ६० मतले पाराजित गर्दै विजयी भएका छन् ।
पन्थीले ३ सय १ मत ल्याएका थिए । उपप्राध्यापक एवं निर्वाचन अधिकृत बुद्धराज न्यौपानेले हिजो भएको मतदान र आज भएको मत गणनाको परिणाम सार्वजानिक गर्दै पुरै संयुक्त प्यानल अध्याधिक मतले विजयी भएको घोषणा गरेका थिए । कुल मतदाता ७ सय ५४ मा ६ सय ७० मत खसेकोमा सचिवमा पनि संयुक्तकै नविन अर्यालले सवै भन्दा बढि ३ सय ८१ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिद्धन्द्धी रोशनसिंह ठकुरीले २ सय ७२ मत ल्याएका थिए । कोषाध्यक्षमा विपना सुर्यबशीले ३ सय ७९ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्धन्द्धी टेमकला जिसीले २ सय ७३ मत ल्याएका थिए । सदस्यमा संयुक्त प्यानलका सवै सदस्यहरु अत्याधिक मत ल्याएर विजयी भएका छन् । दिपक कुँवरले ३ सय ४८ मत ल्यार सदस्यमा विजयी भएका छन् । लक्ष्मी अर्यालले ३ सय ४० मत ल्याएकी छिन् ।
रमेश भण्डारीले ३ सय ३८ मत , सन्दिया भुजेलले ३ सय ५९ मत , हर्कबहादुर बिकले ३ सय ४४ मत लएका छन् । विजयी विद्यार्थीहरुलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष शालिक पन्थी , क्याम्पस प्रमुख हरिबहादुर थापाले अविर पहिराउँदै बधाई एवं सफल कार्याकालको शुभकामना दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend