साझा नेटवर्क
विमल नेपाली बाग्लुङ,फागुन १८।
जिल्ला शिक्षा कार्यालयको आयोजनामा भानु मा.वि.स्रोतकेन्द्र स्तरिय प्रतिभा पहिचान कार्यक्रम भानु मा.वि.ग्वालीचौरमा सम्पन्न भएको छ। विद्यालय तह कक्षा १ देखी १२ सम्म अध्ययनरत विद्यार्थीसँग विभिन्न ५ विधामा रहेका प्रतिभाको पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा स्रोतकेन्द्र अन्र्गतका विभिन्न विद्यालयका शिक्षक प्रतिनीधी तथा विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा स्रोतव्यक्ती सोमनाथ पौडेलले कार्यक्रमको उद्देश्य तथा औचित्यबारे धारणा राख्नुभएको थियो। कार्यक्रममा गणित विधामा प्रतिभा पहिचान प्रतियोगीतामा त्रिभुवन मा.वि.खर्वाङ प्रथम, पौंदीटारी आधारभुत विद्यालय द्धितिय भएका छन ।
यसैगरी विज्ञान विधामा प्रतिभा पहिचान कार्यक्रममा बनस्पती मा.वि. जलजला प्रथम, त्रिभुवन मा.वि. द्धितिय, पौंदीटारी आधारभुत विद्यालय तृतिय भएका छन । यसैगरी बक्तृत्वकला प्रतियोगीतामा बनस्पति मा.वि.जलजला प्रथम,त्रिभुवन मा.वि.खर्वाङ द्धितिय,खार मा.वि.खार तृतिय भएका छन ।
यसैगरी नृत्य प्रतियोगीतामा बनस्पति मा.वि.जलजला प्रथम, भानु मा.वि.ग्वालीचौर द्धितिय, वेलफेयर बोर्डिङ स्कुल ग्वालीचौर तृतिय भएका छन । र चित्रकला प्रतियोगीतामा वेलफेयर बोर्डिङ स्कुल ग्वालीचौर प्रथम, भानु मा.वि. ग्वालीचौर द्धितिय र त्रिभुवन मा.वि. खर्वाङ तृतिय भएका छन ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम स्रोतकेन्द्र विद्यालय भानु मा.वि.का प्राचार्य केशव खरेलको अध्यक्षता, शिक्षक दिनानाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend