logo
  • शनिबार, असोज १० २०८३

पत्रकार महासंघ अछाम अधिवेशनको पुर्व सन्ध्यामा आई पुग्दा पनि आन्दोलन जारी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गोविन्द भण्डारी,अछाम फागुन १८ ।
नेपाल पत्रकार महासंघ अछामको जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा आई पुग्दा पनि आन्दोलन जारी रहेको छ । प्रेस चौतारी अछामले आन्दोलन जारी राखेको हो । गैर ब्यक्तिलाई सदस्यता सिफारिस तथा नविकरण गरेको भन्दै प्रेस चौतारी अछामले यस बिषयमा तत्काल छानबिन गर्न माग गर्दै आन्दोलन गर्नुपरेको प्रेस चौतारी अछाम बताउछ ।

पत्रकार महासंघ अछामले मनोमानी ढंगले कुनै सञ्चार माध्ययममा कार्यरत नरहेका व्यक्तिलाई सदस्यता सिफारिस तथा नविकरण गरेको प्रती यसमा हाम्रो आपत्ती छ, यसका बिरुद्ध प्रेस चौतारीले महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता छानवीन नगरी अघि बढे जे पनि हुन सक्ने र अछाममा ८४ जना नयाँ तथा ८१ जना पुराना सदस्य कहाँबाट आए यो हाम्रो प्रश्न हो रु महासंघलाई मर्यादित बनाएर लिनुपर्छ यसमा हाम्रो जोडदार माग रहेको प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको भनाई रहेको छ ।

कुनै न कुनै सञ्चार माध्यममा संलग्न रहेका ब्यक्तीलाई सिफरीस गरेको र यसै अनुसार महासंघले नविकरण गरेको महासंघको भनाई छ । यता अछाम जिल्लामा ७ वटा रडियोहरु सञ्चालनमा छन् ४ वटा रेडियोहरु सञ्चालनको प्रक्रियाको अन्तिम चरणमा पुगेका छन् साथै छापामाध्यमहरु पनी ६ वटा पुगीसकेका छन् । कुनै एक सञ्चार माध्यममा कार्यरत नभएको अर्थात पत्रकारीता आचार सँहिता भन्दा बाहीरको मान्छे पत्रकार हुनै सक्तैन, वास्तवमा नेपालमा कुनैपनी राजनितीक दलको आस्था नबोकेको साहेद नहोलान् प्रेस चौतारी नेपालले असन्तुष्टी जनाएको पक्कै पनी होईन ।तर कही कसैसँग कुनै सँगठनका साथीहरुले सामान्य कुरा नमिल्दा झुट्टा कुराहरु फैलाएका हुन सक्छन् ।

अहिले नेपाल पत्रकार महासँघ अछाममा कुनैपनी बिवाद छैन । आपसी समझदारी अनुसार हाम्रो अछाम जिल्लामा नयाँ समिती गठन हुनेमा आफु बिसोस्त रहेको महासंघ अछामका सदस्य तपेन्द्र धामी बताउछन । सवैको साझा आवाज वोल्ने पत्रकार महासंघ राजनितिकिकरणको शिकार वन्नु दुखको कुरा हो । संघ संगठन जे जस्तो भएपनि क्रियाशिल पत्रकारहरुले मात्रै पत्रकार महासंघको साधारण सदस्यता पाउनु पर्ने प्रेस युनियनका उपसभापती धनराज साउदको धाराण छ । संगठनहरु आफ्नो नेतृत्वलाई केन्द्रमा राखेर बिभिन्न गतिविधि गरिरहेका छन । तथापी विभिन्न चरणमा विभिन्न व्यक्ती तथा संगठनका विचमा छलफल भैरहेको बुझीन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend