साझा नेटवर्क
अनिल खत्री, गुल्मी फागुन १८ ।
गुल्मीको रिडी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा रामप्रसाद पोखरेल सभापतिमा निर्वाचित भएका छन् । बुधवार बिहान भएको निर्वाचनमा अनेरास्वबियुका पोखरेल सहित सबै प्यानलै बिजयी भएको निर्वाचन अधिकृत पवन ज्ञवालीले जानकारी दिए । गुल्मीमा ३ वटा क्याम्पसमा निर्वाचन भएको छ भने २ वटा क्याम्पसमा सहमती भएको छ । जिल्लाका ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
बुधवार बिहान देखि जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस, धुर्कोट स्थित परमानन्द बहुमुखी क्याम्पस र श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रानिवासमा निर्वाचन भएको छ । बिभिन्न संगठन बिच भएको सहमतीमा जिल्लाको जनज्योति बहुमुखी क्याम्पस पुर्कोट दहमा अनेरास्वरबियु क्रान्तिकारी की सृजना घिमिरे र रुरु सँस्कृत बिद्यापिठमा नेविसंघका सुरेश रिजाल सभापतिमा निर्वाचित छन् ।
गुल्मीमा बिभिन्न संगठनका बिवादका कारण चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्य बहुमुखी क्याम्पस हसरा, मानकाटिकाराम बहुमुखी क्याम्पस तुराङ्ग, रुद्धाबती बहुमुखी क्याम्पस वामीटकसार र आर्दश बहुमुखी क्याम्पस दिगाममा स्थगित गरिएको बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend