logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको पौदीअमराईमा माओवादी केन्द्रको वडा कमिटी गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी,फागुन १६ ।
नेकपा माओवादी केन्द्रको मुसिकोट नगरपालिकाअन्र्तगत वडा नम्वर १ पौदीअमराई वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले भुपेन्द्र रायमाझीको अध्यक्षतमा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । स्थानिय तहको पुनरसंरचना गर्दा साविकको नेटा गाविसको वडा नम्वर १ देखि चार सम्म मुसिकोट नगरपालिकामा गाभिए पछि नेटावासी टुक्रिएका छन् ।टुक्रिएर मुसिकोट तर्फ गाभिए पछि तत्कालिन नेटा गाउँ कमिटीका अध्यक्ष दुर्गा बिश्वकर्मा पौदीअमराई वडा कमिटीका उपाध्यक्ष निर्वाचित हुन पुगेका छन् । सचिवमा टंकबहादुर थापा ,सह–सचिवमा रोमकान्त खरेल ,कोषाध्यक्षमा विमला केसी सहित २१ सदस्यीय गाउँ कमिटी गठन भएको छ । नवगठित वडा कमिटीलाई सम्मेलनका प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रिय आयोजक कमिटीका सदस्य सुरेन्द्र नेपालीले सपथ खुवाएका थिए ।

उनले स्थानिय तहको निर्वाचनमा गाउँ गाउँ घर घरमा जान र माओवादी केन्द्रलाई विजय बनाउन कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।नवगठित कमिटीको पहिलो बैठकले पौदीअमराई ७ स्थित होनाहार माओवादी कार्यकर्ता झकबहादुर बिकको कोही दिनअघि मृत्यु भएको प्रति शोक पस्ताव समेत पास गरेको उपाध्यक्ष दुर्गा बिश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी सुरेन्द्र नेपाली ,जिल्ला कमिटी सदस्यहरु हुकुमबहादुर पाठक ,जितबहादुर पाठक दुर्गा बिश्वकर्मा , गोपालबहादुर पाठक लगायतको विशेष आतिथ्यता रहेको थियो । भुपेन्द्र रायमाझीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा चन्द्र केसीको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend