साझा नेटवर्क
अनिश शर्मा गैरे,वामी गुल्मी फाल्गुण १६।
रुद्रावती बहुमुखी क्याम्पस वामीमा मँगलबार बाट लागेको ताला अझै खुल्न नसक्दा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नै अन्यौल तथा अनिश्चित बनेको छ । क्याम्पसमा फर्जी बिद्यार्थी भर्ना गरेको भन्दै एमाले निकट अनेरास्वबियुका बिद्यार्थीहरुले आज भन्दा ७ दिन अगाडी ताला ठोकेका थिए ।
बिभिन्न चरणमा भएका बार्ताहरु पनि निष्कर्ष बिहिन बन्न पुग्दा निर्वाचन लगायत क्याम्पसका हरेक गतिविधि ठप्प बनेका छन ।
क्याम्पसमा बनाइएका निर्वाचन समितिका अधिकृत हेमन्त घिमिरेले क्याम्पसमा तालाबन्दी खुल्न नसक्दा मतदाता नामावली प्रकाशन देखी हरेक कामहरु ठप्प भएको कारण निर्धारित मिति फाल्गुण १८ मा निर्वाचन नहुने बताउनुभयो । उहाँले बिद्यार्थी संगठनहरुलाइ सहमतीमा गएर क्याम्पसमा गतिरोध बन्द गर्न आग्रह गर्नुभएको छ। क्याम्पसमा बिद्यार्थी संगठनहरु बिच भएको एक बैठकले यही फाल्गुण ६ गते प्रथम बर्षको तथा फाल्गुण १० गते सम्म अन्य तहका बिद्यार्थीहरुको कार्यालय समय भित्र भर्ना गर्ने निर्णयानुसार भर्ना नभएको भन्दै अनेरास्वबियुले तालाबन्दी गरेको हो ।
अनेरास्वबियुले अन्य संगठनले क्याम्पस समय भन्दा पछाडी समयमा बिद्यार्थी भर्ना गरेको आरोप लगाएको छ। तर नेबिसंघले भने कार्यालय समय भित्रै आफुहरुले बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुको कडा प्रतिबाद गरेको छ । यसैबिच नजिकिदै गरेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनावको बिषयमा क्याम्पसमा महोल तात्दै गएको छ। क्याम्पसमा बिभिन्न बिद्यार्थी संगठनहरु बिच प्रतिस्पर्धा पनि बढ्न थालेको छ ।बिद्यार्थी संगठनहरु हरु कसरी निर्वाचन कसरी जित्ने भनी दौडधुपमा लागेका छन । तर क्याम्पसमा ताला लागेपछि टाढा टाढाबाट कोठा भाडामा बसी पढ्न आएका बिद्यार्थीहरु अन्यौलमा परेका छन ।
उनीहरु चुनाव सकिएपछि मात्र क्याम्पसमा फर्किने भन्दै घर तर्फ लाग्न थालेका छन । बास्तबमा सोझा बिद्यार्थीहरु घर तर्फ जानु पनि जायज नै दखिन्छ ।बिहान बेलुका खानको लागि धौ धौ हुने अभिभाबकहरुले आफ्ना छोराछोरीको उज्जवल भबिष्यको कामना गर्दै पढाएका छन, तर यसरी क्याम्पसमा ताला लाग्दा उनीहरु पनि चिन्तीत बनेका छन । बिद्यार्थीहरुलाइ परिक्षा नजिकिदै गर्दा यस्तो हुनु अप्ठ्यारो कुरा भएको लागेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend