साझा नेटवर्क
देबेन्द्र केसी,नयाँ दिल्ली
प्रवास मा कृयाशिल गैरराजनितिक संस्था गुल्मी भुर्तुड्ग सम्पर्क समिति (भारत ) ले प्रथम अधिवेशन भब्यताका साथ मा सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ -भारत शाखा को कार्यालय हलमा सम्पन्न अधिवेशन मा नेपाल वान टेलिभिजनका समाचार प्रमुख प्रमुख तथा नेपाल पत्रकार महासंघ -भारत शाखा का केन्द्रीय सदस्य ईन्द्रकमल जैरु अतिथि को रुपमा उपस्थित हुनुन्थ्यो ।
अतिथि को रुपमा नेपाली देशभक्त आवाज का संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ भारतका खेलकूद तथा संस्कृति संयोजक बाबु रोका , बर्तमान अध्यक्ष नबिन जोशी,नेपाल आवाज दैनिक का फोटो पत्रकार तथा योल्मो पाँच पोखरी तामाड· संस्था (रजि·) का मीडिया अध्यक्ष गोपाल भारद्वज , बिधार्थी नेता तथा युथ फोर्स भुर्तुड्ग का सचिव सज्जन ढकाल ,देशभक्त आवाज का प्रतिनिधि हरु हरि रोका मगर ,राहुल अधिकारी, मनिसा अधिकारी र सानु मगरको उपस्थिति रहेको थियो ।
खचाखच भरिएको हलमा बोल्दै प्रमुख अतिथि जैरुले नवनिर्वाचित कार्यसमिति लाई बधाई दिदै भुर्तुड्ग ले दिएको न्यानो माया प्रति आभार ब्यक्त गर्नुभएको थियो । मिडियाकर्मी तथा समिति महासचिव देबेन्द्र केसी ले सञ्चालन गरेको घोषणा सभा को कार्यक्रम को अध्यक्षता समिति अध्यक्ष टिका बहादुर कार्की ले गर्नु भएको थियो । कार्यक्रम मा अतिथि हरुले बोल्दै नबनिर्वाचित कार्यसमिति लाई शुभकामना दिनु भएको थियो ।
को को भए निर्वाचित ?
बन्द सत्र मा उपस्थित भुर्तुड्गेली हरुले सर्बसम्मत रुपमा समाजसेवी टिका बहादुर कार्की को अध्यक्षता मा नयाँ कार्यसमिति गठन गरेका छन ।जसमा उपाध्यक्ष मोहन पौडेल ,महासचिव तथा मीडिया सचिव देबेन्द्र केसी, सचिव मुकुन्द पौडेल ,सहसचिव राजकुमार पौडेल ,कोषाध्यक्ष दिपक पौडेल , सहकोषाध्यक्ष दिपक कार्की, रजिस्ट्रार तथा सड·गठन सचिव कृष्ण प्रसाद पौडेल ,स्वास्थ्य सचिव मोहराज भट्टराई ,महिला सं सचिव गौरी सुबेदी, ब्यवस्थापन सचिव डोलराज गौतम,बिदेश सचिव गोपीराम पौडेल ,संस्कृति तथा खेल सचिव टिका कणेल र समन्वय समिति सचिव मा किशन पौडेल निर्वाचित हुनुभएको छ त्यस्तै गरि प्रमुख सल्लाहकार मा यम बहादुर हमाल र सल्लाहकार हरुमा टिकाराम सुबेदी, राम बहादुर केसी र किशन खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
समिति ले आन्तरिक कामलाई पारदर्शी र परिणाममुखी बनाउन सात सदस्यीय उपसमिति पनि बनाएको छ जस्मा अध्यक्ष टिका बहादुर कार्की, उपाध्यक्ष मा शितल हमाल ,सचिव मा देबेन्द्र केसी,सदस्य हरुमा क्रमशः सिता सुबेदी , प्रकाश शाह र तर्क बहादुर शाह अनि सल्लाहकार मा राजकुमार सुबेदी पनि निर्बिरोध निर्वाचित हुनुभएको छ ।
को को भए सम्मानित ?
समिति ले दुई बर्षे कार्यकाल मा उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार ईन्द्रकमल जैरु, गोबिन्द पोख्रेल र गोपाल भारद्वज लाई प्रशंसा पत्र र मायाको चिनो दिएर सम्मान गरेको छ ।
समिति ले नेपाली देशभक्त आवाज लाई पनि बिभिन्न कार्यक्रम हरुमा उल्लेखनीय सहभागिता जनाएको भन्दै प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेर सम्मानित गरेको छ भने नेपाली सांस्कृतिक परिवार फाउंडेशन भारत र पशुपति सम्पर्क मन्च लाई पनि प्रशंसा पत्र दिएर सम्मान गरेको छ ।
बिहान १० बजे बाट शुरु भएको कार्यक्रम लाई तिन भागमा बाँडेर पहिलो चरणमा उद्धाटन सत्र , दोस्रो चरणमा बन्द सत्र र तेस्रो चरणमा घोषणा सभा गरि सांझ साढे सात बजे सम्पन्न गरिएको थियो। तिनै चरण को कार्यक्रम लाई नेपाल पत्रकार महासंघ -भारत शाखा केन्द्रीय समिति का प्रबक्ता तथा महासचिव देबेन्द्र केसी ले सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता टिका बहादुर कार्की ले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend