logo
  • शनिबार, असोज १० २०८३

शितल क्लवलाई पराजित गर्दै सनराईज बन्यो विजेता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल नेपाली बाग्लुङ,फागुन १६ ।
शितल क्लव दगातुम्डाँडा ८ बाग्लुङको दोश्रो बार्षिकोत्सव तथा महाशिवरात्रि मेला २०७३ को उपाधि सनराईज युवा क्लव जुग्जाखोलाले हात पारेको छ । सोमबार भएको खेलमा आयोजक शितल क्लव समुह वि लाई पराजित गर्दै सनराईजले खुल्ला रनिङकप पुरुष भलिवल प्रतियोगिताको प्रथम पुरस्कार ३५,५३५ हात पारेको छ भने आयोजकले २५,५२५ मै चित्त बुझाएको छ ।

शुक्रबारदेखि सुरु भएको कार्यक्रम सोमबार सम्पन्न भएको छ । चार दिन सम्म सञ्चालिन कार्यक्रममा खुल्ला पुरुष, भलिवल, खुल्ला रेकर्ड डान्स, घैटोफोर, पिलेटको मिठो चकलेट लगायतका प्रतियोगिता सम्पन्न भएका छन । आइतबार कार्यक्रममा राष्ट्रिय कलाकार विष्णु खत्री हास्यकलाकार कमल गाउँले लगायत स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहेको थियो ।

सोमबार अन्तिम दिन विभिन्न प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार वितरण, अतिथि एवम खेलाडीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष प्रेमलाल अर्यालको अध्यक्षता तथा सविच शिवलाल वनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend