logo
  • शनिबार, असोज १० २०८३

आकर्षण बन्यो ‘नमुना तथा फोटो प्रदर्शनी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

भुवन रायमाझी पाल्पा,फागुन १६।
पाल्पा सदरमुकाम तानसेनमा चलिरहेको पाल्पा महोत्सवमा जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका स्थानहरुको नमुना तथा फोटो प्रदर्शनीमा दर्शकहरुको आकर्षण बढे्को छ। रानिमहल स्वरुपको स्टलमा राखिएको जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका स्थानहरुको नमुना तथा तस्विरहरुले सबैको ध्यान खिचेको हो । महोत्सवमा पाल्पा दरवार, रानिमहल, मूलढोका, तानसेन नगरपालीका, श्रीनगर गणेश मन्दिर, गोलघर, भगवती मन्दिर, राम्दिपुल,नारायण मन्दिर,धवल पुस्तकालय लगायतका स्थानहरुको नमुना प्रदर्शनी गरिएको छ । त्यस्तै कला संस्कृती झल्काउँने तानसेनका पुराना भ्यालहरु,कृषिसंग सम्बन्धित फोटोहरु लगायत अन्य गरी तिन दर्जन बढी फोटोहरु प्रदर्शनमा राखिएको छ ।

स्याङजाको विर्घा घर भई तानसेन गैरागाउँ वस्दै आएकी माया रानाले कतिपय स्थानहरुमा जान नपाएपनी ति स्थानहरुलाई मेलामा नमुना स्वरुपको रुपमा देख्न पाउँदा खुसी लागेको बताईन् ।‘एकदमै राम्रो लाग्यो,उनले भनिन् –‘यसवाट धेरै कुराहरु जान्ने अवसर पाएँ, कतिपय स्थानमा नगएपनी नमुना तथा तस्वीरबाट ति क्षेत्रमा गएजस्तै लाग्यो ।’

यसले पाल्पाको पहिचान र गरीमालाई अझ उजागर गरेको बताउँछन् तानपा १४ बाँस्टारीका रामजी नेपाल । ‘प्रदर्शनमा राखिएका नमुना तथा फोटोहरु रोचक र ज्ञानबद्र्धक छन् ।यसले सबैलाई पुरानो कलासंस्कृतीको बारेमा समेत जानकारी गराएको छ । उनले भने । नमुना तथा फोटो प्रदर्शनीले वालवालीकादेखी वृद्धवृद्धासम्मको ध्यान तानेको छ । जिल्लाका विभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका स्थानहरुको नमुना र तस्वीरहरुलाई प्रदर्शनीमा राखेकाले पनि सबैको ध्यान तानेको फोटो प्रदर्शनी व्यवस्थापन उपसमितीका संयोजक भिम बहादुर श्रेष्ठ बताउँछन् ।‘

निशुल्क नमुना तथा फोटो हेर्ने व्यवस्था मिलाईएकोले पनि दर्शकहरुको भिड बढेको छ, उनले भने,‘पाल्पाको कला संस्कृतीको संरक्षण संगै पर्यटन प्रवद्र्धनमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ फाटोहरु संकलनमा पाल्पाका पत्रकारहरुको पनि सहयोग रहेको छ । प्रदर्शनमा राखिएका नमुना तथा फोटोहरु महोत्सव सकीए पश्चात पाल्पा दरवार संग्राहालयमा राखिने सह–संयोजक सागर महर्जनले बताए ।

पशुपती शर्मा पाल्पा महोत्सवको पाँचौ दिन लोकदोहोरी गायक पशुपती शर्मा मुख्य आकर्षकको रुपमा रहनेछन् । सामाजिक संस्कार र जिवनशैलिका मौलिक बोलीचालीको भाषालाई गीतमा उतारी आफ्नो छुट्टै पहिचान बनाउन सफल शर्मा पछिल्लो समयका अत्यन्त व्यस्त गायक हुन । उनका गीतलाई वालकदेखी वृद्धसम्मका व्यक्तिले रुचाउँदै आएका छन् ।

मेला महोत्सवमा स्टेज तताउन माहिर शर्माको पाल्पा महोत्सवमा कस्तो प्रस्तुती हुने हो त रु त्यसका लागी भने उनको प्रस्तुति कुर्नुबाहेकको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend