logo
  • शनिबार, साउन ९ २०८३

आमाको अन्त्यष्टी गरेर पार्टी काममा


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

प्रेम सुनार, गुल्मी फागुन १६।
हिजो मृत्यु भएकी आमाको रिडीमा अन्त्यष्टी गरेर घर जानु पर्ने गुल्मी क्षेत्र नम्वर १ का पुर्व सभासद तथा नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य सुदर्शन वराल पार्टी काममा सदरमुकाम तम्घासमा आज आई पुगेका छन् ।

उनकी आमा डिलकुमारी थापाको हिजो सदरमुकाम तम्घासमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।आफ्नो घर हर्राचौर जानु पर्ने नेता वराल आज नेकपा माओवादी केन्द्र प्रथम रेसुङ्गा नगर अधिवेशन आयोजना गरिएकोले उनि तम्घासको उक्त कार्यक्रममा सहभागी हुन आएका हुन् । सम्मेलनमा मन्तव्य राख्दै नेता वरालले आफुहरु कुनै पनि कुराबाट विचलित नहुने कार्यकर्ता भएको बताए ।

उनले भने आकाशबाट गोला वारुद,तल हजारौं तत्कालिन सेना प्रहरीबाट लडेर आएको शक्ति अहिले सामन्ती र साम्राज्यवादी शक्तिले त्रसाउँदैमा नत्रसीने उद्घोष गरे । दोश्रो संविधान सभामा आफ्नो पार्टी फुटेका कारण हार स्वीकार गर्नु परे पनि अहिले फुटेका माओवादी पाटी सहित १० वटा पार्टीको एकिकरण भए पछि फेरी पहिलो संविधान सभा ताका कै जनता माओवादी केन्द्र एकतावद्ध भएको आज कै उपस्थितले पुष्टी गरेको उनले दावि गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend