साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन १५ ।
नेपाल मगर संघको ३५ औं स्थापना दिवसको अवसरमा दगातुन्डाडा खर्वाङमा पनि आज कार्यक्रम सम्पन्न भएको छ। मगर दाजुभाई तथा दिदिवहिनीहरु मगर एकताका नारा लगाउँदै गिरिङ्दी देखि खर्वाङ सम्म र्याली निकालेका थिए भने र्याली पछि कोण सभा भएको थियो ।
कोण सभाको सम्बोधन गर्दै नेपाल मगर संघ जिल्ला समिति बागलुङका सदस्य शंकर पुनले कला संस्कृतिको संरक्षण गर्नुपर्ने वताउनु भएको छ। कार्यक्रममा नेपाल मगर संघ दगाका पूर्व अध्यक्ष क्याप्टेन गन वहादुर श्रीस, सिवाईसि खर्वाङ शाखाका दयाराम थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेपाल मगर संघका पूर्व जिल्ला सदस्य चित्र वहादुर पुनको अध्यक्षता, कोषाध्यक्ष राधा थापाको स्वागत मन्तव्य तथा आदिवासी जनजाती महासंघ दगातुन्डाडाका कोषाध्यक्ष टंक भुजेलको संचालनमा सम्पन्न भएको कृष्ण वहादुर वलामीले जनाकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend