logo
  • शनिबार, साउन ९ २०८३

दिउँसो पाटी प्रवेश साँझ घर निषेध


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

प्रेम सुनार,गुल्मी फागुन १५ ।
गुल्मीका केहि गाउँहरुमा बढो गजवको पार्टी प्रवेश रकम राहत रकम वितरणको घटना पनि ओझेलमा पर्दै आएको छ । गत वर्षको भुकुम्पमा क्षति पुगेकाहरुलाई कतिपय संस्था र सरकारले नगद राहत समेत वितरण गरेको थियो । त्यस बेला नकचारा केहि राजनैतिक दलले हाम्रो पार्टीको पहलमा हो भनेर सोझा साझीलाई कान फुक्न समेत भ्याए । विदेशमा दुख गरेर , आफ्नो परिवारको गास काटेर राहत पठाउनेहरु मध्ये कतिपयले आफ्नो नाम समेत चाहेनन तर त्यो राहतमा आफ्नो पार्टीको उपस्थिती जनाउन मरी हत्य गर्नेहरु पनि भए ।

गाउँ गरिव दलित अन्य समुदायका विपन्न वर्गलाई वाँडीएको राहत रकम वुझेर गाविस सेरोफोरको होटलमा टिल परेर बस्ने , अनि पार्टी प्रवेशको साँझ कुनै गोप्य घर कोठा र होटलमा कुखरा र ग्यालेनका ग्यालेन रक्सी ढलाउनेहरुले कसैको घर वार समेत विगारेको पाईएको छ । श्रीमान श्रीमति विच झगडा पारी दिने । यस्ता हर्कत पनि पार्टी प्रवेश गराउने तुच्छ राजनैतिक चलखेल भित्र पर्ने गरेको सर्वसाधरणले बताएका छन् । साँझ रक्सीले टिल परी सके पछि दिउँसो पार्टी प्रवेश गर्दा लगाएको अविर र माला च्यादै त्यही प्रवेश गरे दललाई साला फटाहरुको पार्टीको पार्टीमा पनि कोही जान्छ भन्दै उहि थालमा छेद् गरेको पनि सुनिएको छ । गत संविधान सभा चुनाव ताका छापाहिलेमा अघिल्लो दिन सम्म माओवादीको संयुक्त मेशमा मासु भुटुने एक जना कार्यकर्ता कांग्रेसको एक घरमा पाठो काड्दै गरेको बेला फेला परे । उनले सानो खोलाको पँधेरोमा आन्द्र धुहुदै थिए ।

उताबाट उनका एक जना कमरेड आएको देखे पछि उनि आत्तिदै सलाम सर भन्दै मुठी उठाउँदा त्यो आन्द्रो मुठी संगै काँधा माथी पुगेको थियो भने छात्तीमा त्यो आन्द्रो लत्रिदा उनका कपडा लादीले वेपत्ता हुन पुगेको थियो । उनी त्यो मुठी र आन्द्रो संगै भुईमा राखेर सोध्धै नसोधी भन्दै थिए । यो त्यो घरमा पुजाको पाठो हो । त्यहाँ पुग्दा थुप्रै जना पाठा पुजारीहरु भेटिएका थिए । पाठा मात्र होईन टुङकुला देखि पाए सम्म रोयल स्टेक सम्मका पुजारीहरु समेत त्यहाँ देखिन्थे । लाल सलामबाट जयनेपाल हुन लागेकाहरुका मध्ये एक जनाकी श्रीमति कट्टर लालसलामवाली रही छन् ।

रक्सीले टिल परेर साँझ श्रीमतिलाई पनि कन्भीस गर्न के आँटेका रहेछन गोदाई पनि राम्रै खाए छन् र उता दिउँसो पार्टी प्रवेश साँझ घर निशेष भए छ र रातभरी दलानमा पल्टीने भए छन् । केही त आज यो पार्टी आए पनि प्रवेश उ पार्टी आए पनि प्रवशे । कतिपय फेरी टन्न रक्सी मासु धोकेर प्रवेश गर्ने अनि अर्को दिन पुराना पार्टीका मान्छेले सोध्धा कहाँ हुनु झुक्काएर हो भन्न समेत लाज नमान्ने गरेको पाईयो । पार्टी प्रवेश आचकल निकै सस्तो बनेको छ । एक माना आठो पिठोमा , दुईचार गिलासमा, ऋण उधारो दिएमा , अझ कतिपयले त काम चलाउ सरकारको भुमिका निर्भाह गरी दिएमा समेत पार्टी प्रवेश गर्ने गराउने गरेको पाईएको छ । झन झन दुईचार सय मिटर खाने पानी पाईप र सोलर लगायतका सामग्री नै बाँडे पछि त प्रवेश नगर्ने कुरै भएन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend