logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका निजामती कमचाराीद्धार सरकारको विरोध


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी फागुन १६ ।
गाउँका स्वास्थ्य चौकीहरुमा दरवन्दी छ स्वास्थ्यकर्मी छैनन् । गाउँकै अन्य प्रशासनिक निकायमा पनि दरवन्दी खाएर कर्मचारीहरु कोही सदरमुकाम त केन्द्रमा जरा गाडेर बसेका छन् । यहि अवस्थालाई ध्यानमा राखी हालै सरकारले संसदमा एउटा विद्येयक लैजादै छ । जुन विद्येयकमा कर्माचारीहरुलाई कुनै पनि स्थानमा खटाएको ठाउँमा ३५ दिन भित्र हाँजिर नभए जागिरबाटै वर्खास्त गर्ने कठोर निर्णय पारित गर्दै छ ।

गाउँको दरवन्दी ओगटेर सदरमुकाम र केन्द्रमा राजनीति गर्ने र जनतालाई सेवा नदिने त्यस्ता कर्मभचारीहरुलाई सरकारले गरेको निर्णया जायज हो भनेर सेवाग्राहीले भनि रहेको वेला नेपाली कांग्रेस निकट निजामति कर्मचारीहरुले भने विरोध जनाएका छन् । नेपाली कांग्रेस निकट निजामति कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेडयुनियन ( संघ ) जिल्ला कार्य समिति गुल्मीको सातौं जिल्ला अधिवेशनका वक्ताहरुले सरकारको त्यस्तो निर्णयलाई विरोध गरेका हुन् । कार्यक्रमका विशेष अतिथी तथा आधिकारिक ट्रेडयुनियन गुल्मीका अध्यक्ष जयश्वर पन्थीले सरकारले गरेर संसदमा पेश गर्न लागेको उक्त निर्णयलाई विरोध गरेका हुन् ।

उनले भने –‘वर्तमान सरकारले राणकालिन हैकम लाद्दै कर्मचारीहरुलाई तोकेको स्थानमा पठाएको ३५ दिन भित्र उक्त स्थानमा हाँजिर नएर वर्खास्त गर्न जुन निर्णय गरेको छ त्यस विरुद्ध हामी आन्दोलनमा उत्रिने छौं र गर्ने भनिएको स्थानिय निकायको निर्वाचन समेत वहिस्कार गर्ने छौ । ’कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सोही पार्टीका खिलध्वज पन्थी , प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना लगायत विभिन्न संगठनका प्रमुख प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

राष्ट्रिय स्तरको ट्रेडयुनियन ( संघ ) जिल्ला कार्य समिति गुल्मीको अध्यक्ष हरिप्रसाद ज्ञवालीका अध्यक्षतामा सम्पन्न उद्घाटन उपाध्यक्ष प्रेमराज खनालको स्वागत मन्तव्य र सचिव टंक पन्थीको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend