साझा नेटवर्क
सुमन सुनार,बाग्लुंग फल्गुन १६ ।
‘एकीकृत स्वयक्त मगरात प्रदेश स्थापनाको साझा अभियानमा लागौं नेपाल मगर संघको ३५औं स्थापना दिवस भव्य रुपमा सफल पारौैं।’ भन्ने नारा सहित आज मगर दिवस बु्र्तिबाङमा पनि मनाइएको छ । मगर सेवा समाज बुर्तिबाङले आयोजना गरेको यो दिवसको कार्यक्रम नेपाल सरकारका पूर्व रक्षा मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले उदघाटन गर्नुभएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले, ‘‘नेपालको सन्दर्भमा बर्गिय मुक्ति आन्दोलन सँगै जातिय मुक्ति आन्दोलनलाई समेत समान तवर उठान गर्नुपर्ने बताउनुभयो । थापाले, समाजमा विभिन्न जात, जाति, लिंग, धर्म र समुदायका नागरिकको अधिकारका रक्षाका लागि सबै सचेत भएर संरक्षणको जरुरी रहेको बताउनुभयो । उहाँले, मगर दिवसका सन्दर्भमा यहाँका बहुसँख्यक मगर समुदायका अधिकारलाई रक्षा गर्नका लागि स्वयं मगर समुदाय र यहाँका अरु समुदायले समेत साथ दिनुपर्नेमा जोड दिनुभएको छ ।

नेपालमा भएका विभिन्न चरणका आन्दोलनहरुले स्थापित गरेका अधिकारहरुलाई संस्थागत गरेर लैजानका लागि समेत वर्तमान संविधानको कार्यान्वयन आवश्यक रहेको थापाले बताउनुभएको छ । यस्तै कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले राजनैतिक अधिकारको रक्षाका लागि नेपालमा रहेका हरेक जातजातिको अस्तित्व, भाषा धर्म र संस्कृतिको रक्षामा सबैको समान धारणा आवश्यक रहेने बताएका छन् । कार्यक्रममा पूर्व जिल्ला विकास समितिका सभापति लिला थापा, पत्रकार भवानी वराल, समाजका सल्लाहकार निलबहादुर पुन, उपराष्ट्रपतिका स्वकिय सचिव सुकबहादुर रोका लगायतले मन्तव्य राखेका थिए ।

आयोजकले मगर दिवसमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई नागरिक अभिनद्यनद सहितको कार्यक्रमको आयोजना गरेको थियो । उपराष्ट्रपति पुनको अस्वस्थताका कारण कार्यक्रममा सहभागी नसकेको भन्दै माओवादी नेता वादललाई कार्यक्रमको प्रम्ख आतिथ्यता बनाई उदघाटन गरिएको छ । आज उद्घाटन गरि भोलीसम्म चल्ने मगर दिवश विशेष कार्यक्रमका विभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुति, मगर कला संस्कृतिमा आधारित विभिन्न झाँकी प्रदर्शनका कार्यक्रमहरु पनि आयोजना गरिएको आयोजकले बताएको छ ।मगर सेवा समाज बुर्तिवाङका अध्यक्ष अध्यक्ष थमप्रकाश पुनको अध्यक्षता, कोषाध्यक्ष तेजकुमारी घर्तिको स्वागत मन्तव्य तथा प्रशान्त घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend