logo
  • शुक्रबार, असोज ९ २०८३

सिन्की अचार.. रिमेक भर्सनमा, यसरी प्रस्तुत भईन सुप्रिया भिडियोमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, फागुन १५।
नेपाली गीत संगीतका चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. राम थापा तथा तारा थापाको आवाजमा रहेको ३ दशक भन्दा पुरानो र सर्वाधिक लोकप्रिय गीत सिन्की अचारको रिमिक्स भर्सन बजारमा आएको छ । बालबालिका देखी बृद्धबृद्धासम्म सबैले रुचाएको गीतको रिमेकले थप चर्चामा ल्याएको छ ।
रिमेक भर्सन ‘सिन्की अचार’ गीतमा बिनोदराज ढुंगेल तथा ईन्दिरा जोशीको आवाज रहेको छ । क्रियटिभ बिट्सले बजारमा ल्याएको बिनोदराज ढुंगेलको ‘सुनकेबरा’ एल्बममा संग्रहहित यस् गीतबाट गायक धेरै आशाबादी रहेका छन । गीतमा शिव मुखिया तथा जनक सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा र्याप फिचरिङ्ग विश्व श्रेष्ठ तथा कल्पना श्रेष्ठको रहेको छ ।

टेलेभिजन मिडियामा जमेका भिजे रिजन थापा र पछील्लो समयकी चर्चित म्युजिक भिडियो मोडेल सुप्रिया कटुवालको अभिनय रहेको गीतमा आर्टिस्ट नेपालबाट मोडेलिङ क्षेत्रमा जमिसकेका मोडेलहरु सन्ध्या स्याङ्तेन , साधना तिमल्सिना, जेनी शाही, सन्जित घिसिङ, अभिन राउत , कबिर खड्का, एरिक बस्नेत, अस्मिता जिरेल, आदित्य कार्कीले आ( आफ्नो प्रस्तुती दिएका छन । भिडियोलाई सन्दिप भूजेलले क्रोरियोग्राफी गरेका छन ।

आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका छन । ढुंगेल पछील्लो समयका रुचाईएका निर्देशक हुन । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले भिडियोलाई सम्पादन गरेका हुन । भिडियोमा पुरानो तथा नयाँ जेनेरसनमा हुने प्रेमलाई प्रस्तुत गराउन खोजिएको छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend